माघ ५ गते बिर्तामोडमा एक्सपर्टको शैक्षिक सेमिनार
बिर्तामोड । एक्सपर्ट एजुकेशन बिर्तामोडले शैक्षिक सेमिनार गर्ने भएको छ । माघ ५ गते बिर्तामोडस्थि कार्यालयमा आयोजना गरेको सेमिनारमा अष्ट्रेलियामा अध्ययन गर्न जाने विधार्थीलाई परामर्श प्रदान गरिने भएको छ ।

अष्ट्रेलियाका विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिसँग विधार्थीले प्रत्यक्ष भेट गरी आवश्यक परामर्श गर्न पाइने एक्सपर्ट बिर्तामोडका प्रमुख कृष्ण शर्माले जानकारी दिए । उनका अनुसार शैक्षिक जीवनलाई उत्कृष्ट बनाउन विधार्थीका लागि परामर्श दिन सेमिनार आयोजना गरिएको हो । बिहान ११ बजेबाट शुरु हुने सेमिनार ४ बजेसम्म सञ्चालन हुनेछ ।
सेमिनारमा अष्ट्रेलियाको शैक्षिक क्षेत्र, शैक्षिक संस्थाको जानकारी र त्यहाँको कानुन बारेमा सहजीकरण गरिनेछ । विभिन्न समयमा विधार्थीलाई अध्ययन गर्न जानुपूर्व सचेत गराउन शैक्षिक सेमिनार गर्दै आएको एक्सपर्टले नेपाली विधार्थीलाई नेपाल बाहिरको अध्ययनका लागि विशेष परामर्श प्रदान गर्दै आएको छ ।