बैशाख १२, २०८१ बुधबार

झापाली व्यवसायीको सपथ किच्चकबधमा

भद्रपुर । झापा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले बिहीबारदेखि पदभार सम्हालेको छ ।
मंसिर २० गते सम्पन्न निर्वाचन प्रक्रियाबाट निर्वाचित २३ सदस्यीय कार्यसमितिले बिहीबार झापाको ऐतिहासिक धामिृक तथा पर्यटकीय स्थल किच्चकबधमा आयोजित एक समारोहका बीच सपथ खाएर पदभार ग्रहण गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले किच्चकबधमा सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो ।
संघका अध्यक्ष नवराज पनेरुको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई बधाय तथा शुभकामना दिँदै प्रमुख अतिथि लिङदेनले समृद्धिको यात्रामा नीजि आर्थिक क्षेत्रलाई सँगसँगै लिएर अघि बढ्नुपर्नेमा जोड दिए । नेता लिङदेनले विकासले अझै पनि पछि रहेको दक्षिणी क्षेत्रको समग्र विकासका लागि संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले विशेष ध्यान पु्याउनुपर्ने बताए ।

संघको र्विाचन समितिका प्रमुख निर्वाचन अधिकृत सुरज खत्रीले नवनिर्वाचित अध्यक्ष पनेरुलाई सपथ गराई विजयीको प्रमाणपत्र प्रदान गरेका थिए भने नवनिर्वाचित अध्यक्ष पनेरुले अन्य पदाधिकारी र सदस्यलाई सपथ गराएका थिए । महासचिव पंकज शर्मा र निर्वाचन समितिका निर्वाचन अधिकृत अनिल ढुंगानाले संयुक्त रुपमा सञ्चालन तथा संघका वरिष्ठ उपाध्यक्ष कालिीचरण वस्नेतले स्वागत गरेको समारोहमा प्रदेशसभा सदस्य बसन्त बानियाँ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरे, नेकपाका भद्रपुर नगर कमिटी अध्यक्ष शिवकुमार राजभण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : माघ २, २०७६ बिहीबार  ६ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]