राष्ट्रिय युवा संघको कार्यक्रममा ४२ जनाद्वारा रक्तदान
बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा ९ नं. वडा कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । शनिवार रगत अभावलाई मध्यनजर गर्दै युवा संघले सालवारीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा एमाले नेता, युवा संघका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय युवा संघ अर्जुनधारा वडा नं. ९ का अध्यक्ष बिपुल राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य एवम् पार्टीका केन्द्रीय सल्लाहकार चिन्तन पाठक, पार्टीका नगर अध्यक्ष वीर्ख प्रधान, संगठनको स्थायी कमिटी सदस्य रोजिना पाण्डे लगायतको सहभागी रहेको थियो ।