बैशाख २०, २०८२ शनिबार

कनकाई ओर्लिए कालीबाबा

बिर्तामोड । प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन् । हेलिकप्टर मार्फत आएका कालीबाबा भखैरै हेप्पीलेण्डमा ल्याण्ड गरेका छन् । उनलाई भव्य स्वागत गरिएको छ ।

प्राप्त सूचना अनुसार केहिवेर हेप्पीलेण्ड अवलोकन गरेर उनी झापाको धार्मिकस्थलहरु पुग्ने कार्यक्रम रहेको छ । कोटिहोम, सताक्षीधाम दर्शन गरेर उनी इलामको चेप्टी र सन्दकपुरसम्म जाने कार्यक्रम रहेको बुझिएको छ । उनको आगमनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । उनलाई स्थानीय अगुवा र हेप्पीलेण्डका सञ्चालकले स्वागत गरेका थिए ।

इलाम प्रहरीका अनुसार औपचारिक भ्रमण बारे कुनै जानकारी छैन । प्रहरीलाई प्राप्त अनौपचारिक सूचना अनुसार चेप्टी र सन्दकपुर जाने तय भएको छ ।

प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]