बैशाख १३, २०८१ बिहीबार

मेची अञ्चल अस्पतालबाट बेवारिसे महिलाको उद्धार

द्रोण अधिकारी

झापा। भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा केही महिनायता बेवारिसे अवस्थामा रहेकी महिलाको उद्धार गरिएको छ । झापाका मानव अधिारकर्मीको पहलमा इटहरीस्थित ‘माया घर’ले उनको संरक्ष गर्ने गरी उद्धार गरेको हो ।

शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई प्रदेश नम्वर १ सामाजिक विकास मन्त्रालय मातहत रहेको बेसहाराको आश्रय स्थल ‘माया घर’ इटहरीमा संरक्षण गर्ने गरी मानव अधिकारकर्मी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीको संयुक्त रोहबरमा अञ्चल अस्पताल प्रशासनले जिम्मा लगाएको छ ।

कार्तिक ३० गते बिरामी अवस्थामा काँकरभिट्टा प्रहरीले मेचीनगरबाट उद्धार गरी अस्पतालमा भर्ना गराइएकी ती महिलाका आफन्त खोजी गर्दासमेत पत्ता लागेको थिएन । सामाजिक अभियान्ता पुण्यप्रभा सुब्बाले सञ्चारमाध्यमसित आफन्त खोजी गरिदिन गरेको अपिलपछि बेवारिसे महिलाको संरक्षणका लागि झापाली मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दिपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारी लगायतको पहलमा ‘माया घर’को संरक्षण जुटेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले उद्धारका लागि आएकी ‘माया घर’की सचिव अर्पणा राईलाई ती महिला रहेको क्याविनमा जिम्मेवारी पत्र हस्तानतरण गर्दा सुतीरहेकी उनले जुरूक्क उठेर दार्जेलिङ लाने हो भन्दै खुसी व्यक्त गरेको दृष्यले सबै हर्षित भएका थिए । आफन्तविहीन भएर अस्पतालमा महिनौं कटाएकी उनलाई सहारा जुटाउन पाएकोमा अधिकारकर्मी तथा सामाजिक अभियन्ताको खुसीको सीमा नरहेको दृष्यले पुष्टि गर्दथ्यो ।

दोहोरो कुराकानीसमेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन् । अन्दाजी ४५ वर्ष उमेर रहेकी उनलाई आफन्त तथा अभिभावक लिन नआएसम्मका लागि संरक्षण गर्दै लालनपालनको जिम्मा लिएर राख्नका लागि प्रहरी, अस्पताल प्रशासन, अधिकारकर्मी सामाजिक अभियन्ताले ‘माया घर’लाई जिम्मा लगाएका हुन् ।

मानव सेवाका लागि सञ्चारमाध्यमको शक्ति अपार रहेको अभियन्ता पुण्यप्रभा सुब्बाले प्रतिकृया दिइन् । अधिकारकर्मी दिपक दासले सडक मानव विहीन समाज परिकल्पना नै मानव अधिकारको आधारभूत मान्यता रहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पिताम्बर ठाकुरले अस्पतालमा बिरामीको सेवा महत्वपूर्ण हुन्छ तर, बेसाहारा राख्ने आश्रय स्थल नभए पनि उनको सुरक्षा र संरक्षण मानव सेवाका लागि गरिएको बताए ।

प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]