बैशाख १४, २०८१ शुक्रबार

छोराबितेपछि बुहारीमाथि हिंसा

झापा । श्रीमान बितेँपछि झापा अर्जुनधारा–६ बस्ने ३१ वर्षीया विमला लकान्द्री घरेलु हिंसाको शिकार बनिरहेकी छिन् । आफ्ना ससुरा कुल प्रसाद सुनार, देवर देवी प्रसाद लकान्द्री, बढिबा ससुरा पर्ने नारायण सुुनारले पटक–पटक ज्यान मार्ने धम्की दिएको पीडित विमलाले इजलाससित बताइन् ।

विमलाका २ छोरीहरु १३ वर्षीया कामना र ४ वर्षीया काव्या रहेका छन् । छोरीहरु मात्र छन्, सन्तान मासिँयो भन्दै आफ्नो छोराले कमाएको घर जग्गाबाट निकाल्न केयौँ पटक ससुरा, देवर, बढिवा ससुरा लगायतले ज्यादति गर्दै आएको पीडित विमलाको भनाई छ । शारीरिक र मानसिक रुपमा पीडित भएपछि विमला त्रसित भई जिल्ला प्रशासन कार्यालय झापामा ज्यान धनको शान्ति सुरक्षा पाउँ भनि निवेदन दिएकी छन् ।

विमलाको श्रीमान कृष्ण बहादुर लकान्द्री कतार, दुबईमा १३ वर्ष बसेँ । लिभर क्यान्सरबाट ग्रसित भएपछि गएको असोज ११ गते कृष्ण घर फर्किएका थिए । उनको पौष ७ गते निधन भएको श्रीमति बिमलाले जानकारी दिइन् । श्रीमान बिरामी भएदेखि नै जग्गा र जमिनमा परिवार पक्षबाट दबाब झेल्दै आएको विमलाको भनाई छ ।

भरतपुर क्यान्सर अस्पताल लगायत नेपाल र भारतका विभिन्न अस्पतालमा औषधि उपचार र काजक्रिया गरेको १५ लाखको ऋणको बोझ विमला माथि रहेको सुनाइन् । आफ्नो श्रीमान्को वैदशिक रोजगारीको कमाई र आफनो कमाईबाट १८ धुर जग्गा र १ तले अर्धपक्की घर जोडेको उनको भनार्ई छ ।

श्रीमान स्वर्गीय भइसकेँपछि आफू बुहारी बन्न योग्य नभएको सासु र ससुराले आरोप लगाउँदै आएको पीडित विमलाले बताइन् । अन्यत्र, पोइला जानु र आफ्नो गरी खानु जस्ता गाली बेइज्जति खेप्दै आएको विमला बताउँछिन् । उनी भन्छिन्, मेरा छोरीहरु सासु ससुराले लैजान खोज्नु भएको थियो । कुट्ने–पिट्ने मार्ने धम्की दिएपछि बुबा शिवलाल दियाली र दाजु हस्त बहादुर दियालीलाई बोलाएर उहाँहरुसँगै बस्दै आएको बताइन् ।

नाताले काका ससुरा पर्ने गंगा राम सुनारले ४ लाख रकम दिएँ केही पनि नगर्ने भनेको कल रेकर्ड इजालसलाई उपलब्ध गराएकी छन् । यसबारे बुझ्न ससुरासँग सम्पर्क गर्दा फोन लागेन ।

काका ससुरा गंगाराम सुनारले जग्गा बन्धकमा राखेर ससुराले उपचार र घर निर्माणमा ४ लाख दिएकाले सोहि रकम मागेको जानकारी दिए । उनका अनुसार धम्की दिइएको छैन । बंशको अंश लाग्छ, उनले भने – सहमतिमै परिवारको समस्या मिलाउँनु पर्छ ।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]