बैशाख ६, २०८१ बिहीबार

अभिभावकविहीन बालबालिकाको सारथी तारा नमस्ते बालग्राम : चाँडै नयाँ भवनमा

बिर्तामोड । झापाको विर्तामोडमा अभिभावकविहीन बालबालिकाको सारथी बनेको तारा नमस्ते बालग्रामको शुक्रवार चौथो साधारणसभा भएको छ । संस्थाले विर्तामोड ४ मा निर्माण गरिरहेको भवनमा भएको कार्यक्रममा झापा क्षेत्र नम्वर २ को प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सांसद एकराज कार्कीले यस्ता संस्थाले समाजमा विकृतिको अन्त्य गर्ने बताउनुभयो ।

‘मान्छेले आफ्ना २ जना बच्चालाई स्याहार्न नसकिरहेको अवस्थामा अभिभावकविहीन बालबालिकालाई वोर्डिङ स्कुलमा पढाएर यो संरचना बनाउनु सबैलाई चकित पार्ने काम हो’, सांसद कार्कीले भन्नुभयो, ‘अरुका नानीलाई आफ्नो बनाउने काम गर्नु भएकोमा म जनप्रतिनिधि भएसम्म सहयोग गरिरहन्छु ।’ उहाँले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट बालग्रामलाई सहयोग गरिरहनु भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा विर्तामोडका नगर अध्यक्ष ज्ञानुराम प्रसाईंले संस्थाको आजिवन सदस्य बन्दै सदैब यो पुण्य कर्मको सझेदार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्य एक्लैले सबै काम गर्न सक्तैन । यसरी सबैको सहयोग चाहिन्छ र परोपकारी काममा म पनि लाग्ने प्रतिबद्धता जनाउँछु ।’

गुरुप्रसाद ओझा र गुरुभक्त न्यौपानेले संस्थालाई भवन बनाउन केही जग्गा निशिल्क दिनु भएको थियो । संस्थाले सोही स्थानमा केही जग्गा किनेको छ । बाल ग्राममा रहेका १४ जना बालबालिका मध्ये १३ जना विद्यालय जाने उमेरका छन् उनीहरुलाई विभिन्न स्कुलले निःशुल्क पढाइरहेका छन् । संस्थाको ७ कोठे भवन निर्माण भइरहेको छ ।

संस्थाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा भएको साधारणसभामा महिला उद्यमी संघ झापाकी महासचिव नैनकला भट्टराई, अलैंची व्यवसायी संघका केन्द्रीय महासचिव सुवास भट्टराई, रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेल, शिक्षासेवी गुरुभक्त न्यौपाने, व्यवसायी दिपेन्द्र राउत, यशोदा चापागाईं लगायतले संस्थालाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]