चैत्र १५, २०८० बिहीबार

गुमनाम दानवीर गुरुप्रसाद

बिर्तामोड । गुरुप्रसाद ओझा बिर्तामोडका पुराना बासिन्दा हुन् । ताप्लेजुङबाट ०२६ सालमा झापा झरेका उनी अहिले पुरानो बिर्तामोड सम्झिदाँ उदेक मान्दछन् । मावली हजुरबुबा छविलाल बाँस्कोटाले ताप्लेजुङमा उनले गरिरहेको मेहनत देखेर झापा झर्न सूझाव दिएका थिए । हजुरबुबाकै सल्लाहमा झापाको बिर्तामोड आएका उनी ओझेलमा परेका दानवीर हुन् ।

०२३ सालमा अधिँया खेती गरेर बिर्तामोडमा जग्गा खरिद गरेका उनले तराईको उर्वर माटोलाई सक्दो सदुपयोग गरेको सुनाए । पर्याप्त धान उत्पादन गरेर धानकै विक्रिबाट आएको पैसाले पहिलो पटक उनले बिर्तामोडमा १ विगाह जमिन खरिद गरेका थिए । ०२६ सालमा बँसाई झरेपछि फेरि उनले १७ कठ्ठा जोडे । तराई झरेपछि उनले बिर्तामोडमा मात्र जोतेनन्, धरानको कालाबञ्जर र सुनसरीको चकरघट्टीमा पनि कृषिको काम गरे । पछि बिर्तामोडमा स्थायी बसोवास शुरु गरेका उनले यहाँ जग्गादाताको परिचय बनाए । पटक–पटक गरेर उनले जम्मा खरिद गरेको जमिन भागबण्डा गर्दा ७ कठ्ठा पाएका थिए । तर, जमिन प्रायः दान दिएका छन् ।

सामान्य सहयोग गर्नेहरु दानवीरको रुपमा परिचित छन् । तर, उनले बिर्तामोडमा करोडौं मुल्य पर्ने जग्गा दान गरेको कुरा बाहिर आउन सकेको थिएन । आझेलमा परेका दानवीर ओझाले ब्रम्हाकुमारी राजयोग बिर्तामोडलाई २ कठ्ठा, परोेपकार अनुसन्धान केन्द्र बिर्तामोड (बृद्धाश्रम) लाई १ कठ्ठा , तारा नमस्ते बालग्राम (बालआश्रम) लाई १ कठ्ठा र ब्रम्हाकुमारी राज योग समितिलाई फेरि १० धुर जमिन सहयोग गरेका छन् ।

उनले सहयोग गरेको जग्गाको मुल्य करिव २ करोड ६५ लाख लगभग पुग्छ । उनले निःस्वार्थ रुपमा जग्गा सहयोग गरेको जानकारी दिए । उनले भने, मनले चाहेमा जे पुग्छ । काठमाडौंको इमाडोलमा पनि ११ लाख बराबरको ओमशान्ति गिता पाठशाला बनाउदैछु, ओझाले थपे ।

स्वेच्छाले जमिन सहयोग गरेका ओझा अहिले ७६ वर्षमा हिड्दैछन् । सामाजिक सेवामा अझै लागिरहने उनको हिम्मत बलियो छ, उनका बारेमा जानकार दिपेन्द्र राउन भन्छन् – उहाँ एउटा साच्चैको दानवीर हुनुन्छ । दानवीर हो, तर गुमनाम दानवीर ।

झापा बसाईको विगत सम्झदै ओझा भन्छन्, राजमार्ग बनाउँदा पनि दैनिक ६ रुपैयाँको दरले हाजिरामा काम गरेको थिए ।

प्रकाशित मिति : माघ ४, २०७६ शनिबार  ८ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]