अर्जुनधाराको सामूहिक बलात्कारको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
बिर्तामोड । झापाको अर्जुनधारामा भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले अनुसन्धान थालेको छ । अर्जुनधारामा १६ वर्षीया बालिकामाथी भएको सामुहिक बलात्कारको घटनामा शनिवार दिनभर सोधपुछ भएको हो । प्रहरीले दुवै पक्षसँग सोधपुछ गरेको छ ।
शुक्रवार राती अर्जुनधारा–५ की ती बालिकामाथि चारजना युवाले सामुहिक बलात्कार गरेको आरोपमा चारलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । बालिकाको बयानका आधारमा प्रहरीले अर्जुनधारा– ७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई शनिवार बिहान नै घरबाट पक्राउ गरिएको थियो । थप तीन जना युवाहरु पनि संलग्न भएको आशंकामा खोजीकार्य भइरहेको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता कृष्ण बहादुर चन्दले पीडित पक्षबाट जाहेरी दिएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनका अनुसार कानुनी प्रक्रियाका लागि पीडित पक्षबाट जाहेरी आएपछि प्रहरीले बाँकी कामहरु अघि बढाउने छ । प्रहरी प्रवक्ता भन्छन्, ‘यो घटनामा हुने अनुसन्धानमा कुनै कम्प्रमाइज हुने छैन ।’
पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना साथीहरु थिए ।
उनीहरु चार जनाले नै रातभर बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी छन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजबंशीले पीडित युवतीलाई मोटरसाइकलमा घर पु¥याएका थिए । उनले अर्जुनधारा–७ को वडा कार्यालयमा बसिरहेको भेटेपछि पु¥याउन आएको बताएका थिए । तर, युवतीले उनीपनि घटनामा संलग्न रहेको बयान दिएपछि प्रहरीले राजबंशीलाई पनि पक्राउ गरेको छ ।
घटनामा संलग्न भएका भनिएका व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।