बैशाख २४, २०८२ बुधबार

अर्जुनधारा ‘ग्याङ रेप’ मा लंका होटलका दुई स्टाफ पक्राउ

बिर्तामोड । अर्जुनधारामा १६ बर्षकी युवतीमाथी भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । युवतीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।

त्यसअघि प्रहरीले हिजो बिहानै नै सोही घटनामा चारजनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए ।

युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजfनका दईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । सोही स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिर लागे । एकान्त त्यस स्थानमा राती मानिसको आवत जावत हुँदैन । त्यहा चारजनाले उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।

प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा-७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पीडितलाई शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।

प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार  १२ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]