बैशाख १४, २०८१ शुक्रबार

प्रदेश १ मा चार राज्यमन्त्री थपिँदै, झापाबाट जसमाया

विराटनगर । प्रदेश १ सरकारमा आइतबार चार जना राज्यमन्त्री थपिँदैछन् । गठन भएको दुई वर्षपछि पहिलो पटक सरकार विस्तार हुन लागेको हो ।

दुई वर्षसम्म मन्त्री नियुक्त नभएका दुई मन्त्रालय खाली नै राखेर चार जना राज्यमन्त्री नियुक्तीको तयारी मुख्यमन्त्री शेरधन राईले गरेका छन् । राईले प्रदेश १ मा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्तीको तयारी गरेको बताइएको छ । नवनियुक्त राज्यमन्त्रीले आइतबार दिउँसो ३ बजे प्रदेश प्रमुखबाट सपथग्रहण गर्ने बताइएको छ ।

नियक्त हुने चार राज्य मन्त्री मध्ये विश्वास पूर्व माओवादी र अन्य तीन जना पूर्व एमालेबाट हुन् । गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, रानालाई भूमि कृषि तथा सहकारी र विश्वासलाई उद्योग वन पर्यटन तथा वतावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले बतायो ।

प्रदेश १ मा रहेका सात मन्त्रालय मध्ये भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राई आफैले हेर्दै आएका छन् । प्रदेशमा अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा हिक्मत कार्की, समाजिक विकास मन्त्रीमा जीवन घिमिरे, उद्योग वन मन्त्रीमा जगदिश कुसियैत र अर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्रबहादुर आङबो छन् । आङ्वो पूर्व माओवादी र अन्य पूर्व एमालेबाट हुनु हुन्छ ।

प्रकाशित मिति : माघ ५, २०७६ आईतबार  १ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]