जेष्ठ १२, २०८२ आईतबार

पहुँच मार्ग निर्माणलाई सरल र चुस्त बनाउने प्रतिवद्धता

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अत्यावश्यक सेवा प्रवाह गर्ने निकायहरुसम्म पुग्ने पहुँचमार्ग निर्माणलाई सरल र चुस्त बनाईने बताउनु भएको छ । काठमाडौको बुढानिलकण्ठ ७ स्थित काठमाडौ ईन्ष्टिच्युट अफ चाईल्ड हेल्थ (वाल अस्पताल) सम्म पुग्ने सडक क्षेत्रको निरीक्षणको क्रममा उहाँले पूर्वाधार निर्माणलाई जनमूखी र सेवाग्राहीमैत्री बनाईने समेत बताउनु भयो ।

गैह्र नाफामूलक वाल अस्पताल निर्माणले वाल स्वास्थ्य तथा वाल सुरक्षालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले यस प्रकारका अन्य संस्था, निकाय तथा नागरिकले बढि लाभ लिन सक्ने क्षेत्रसम्म पुग्ने पहुँचमार्ग निर्माणलाई सरकारले प्राथमिकता दिने समेत बताउनुभयो ।

सडक अवलोकन तथा निरीक्षणका लागि पुग्नु भएका दाहालले अस्पतालको निर्माणाधिन भवन तथा अन्य संरचनाहरुको पनि अवलोकन गर्नुभयो । त्यस क्रममा अस्पतालका अध्यक्ष प्रा.डा.भगवान कोईरालाले ईन्ष्टिच्युटले सातै प्रदेशमा स्तरीय वाल अस्पताल निर्माण र सञ्चालनको लक्ष्य राखेको बताउनुभयो । तिमध्ये कोशी प्रदेशको झापाको दमकमा वाल अस्पताल सञ्चालन भई रहेको जानकारी दिँदै कोईरालाले अस्पताल सञ्चालनको छोटो समयमा नै कोशी प्रदेशका विभिन्न जिल्लाका बालबालिकाहरुलाई सेवा उपलव्ध गराईएको बताउनुभयो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले अस्पताल क्षेत्रसम्म पुग्ने पूर्वाधार निर्माणमा नगरपालिकाले पनि प्राथमिकता दिएको भन्दै बृहत योजना र कार्यक्रममा प्रदेश र संघीय सरकारबाट पनि सहयोगको अपेक्षा राखिएको बताउनुभयो ।

प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार  ४ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]