बैशाख ७, २०८१ शुक्रबार

विर्तामोडमा घरधुरी सर्वेक्षण गर्ने तयारी

विर्तामोड । विर्तामोड नगरपालिकाले घरधुरी सर्वेक्षण गर्ने भएको छ । नगरपालिकाले घरधुरी सर्वेक्षण सम्वन्धि कर्मचारी र जनप्रतिनिधिबीच अन्तरक्रिया गरेको हो ।

२०७४ असार १४ गते जनप्रतिनिधि निर्वाचित भएकोमा २०७६ पुस १६ गते आधा कार्यकाल सकिएपछि बल्ल घरधुरी सर्वेक्षण हुने भएको हो । घरधुरी सर्वेक्षणले आवधिक योजना निर्माणमा सहयोग पुग्ने नगरप्रमुख धु्रवकुमार शिवाकाटीले बताउनुभयो ।
घरधुरी सर्वेक्षणका लागि नगरले आरआईएमसी नामक कम्पनीसँग ६० लाख रुपैयाँमा सम्झौता गरेको छ । ‘आरआईएमसीसँग सम्झौता भएको छ’, अधिकृत देवराज कार्कीले भन्नुभयो, ‘आगामी वर्षको योजना बनाउन नै तथ्यांक संकलन भइसक्ने गरी २०७७ जेठसम्ममा काम सक्ने गरी कामलाई अगाडि बढाउँछौं ।’

आवश्यक सबै तथ्यांक डिजिटल प्रविधिमा राख्ने सम्झौता भएको छ । नगरले आवश्यक सबै तथ्यांक संकलन गर्ने गरी फारमको व्यवस्था गरेको छ । के–के तथ्यांक संकलन गर्ने भन्ने तयारी गर्न अधिकृत देवराज कार्की, जय तिम्सिना र जयराम चौलागाईं रहेको समिति समेत गठन गरिएको प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडाले बताउनुभयो ।

व्यक्तिगत सबै विवरण एकै क्लिकमा देखिने गरी तथ्यांकलाई राखिने कम्पनीका डाइरेक्टर भरत तिम्सिनाले बताउनुभयो । तथ्यांक संकलकलाई आफ्ना सबै यथार्थ विवरण उपलब्ध गराउन पनि नगरवासीलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : माघ ६, २०७६ सोमबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]