चैत्र १५, २०८० बिहीबार

मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा मिश्र

केचना । मदन भण्डारी स्पोर्टस् एकाडेमी कचनकवलको अध्यक्षमा उमेश मिश्र चयन भएका छन् । एकाडेमीको प्रथम कचनकवल सम्मेलनबाट उनको नेतृत्वमा २९ सदस्यीय स्पोर्टस् एकाडेमी गठन गरिएको झापा जिल्ला सदस्य रोशन लामाले जानकारी दिए ।

एकाडेमीको उपाध्यक्षमा सुमन कोल, सचिव दिपेश ढकाल, सहसचिव ममता न्यौपाने, बेनु भट्टराई, राजेश शाह, कोषाध्यक्ष धर्मराज अधिकारी र सदस्यहरुमा लक्ष्मण खतिवडा, नितेश बेस्रा, चन्द्र बहादुर राजवंशी, शान्ति रिमाल, शुसिल लिम्बू, अनिल राजवंशी, नदीम आलम, सलिना गुरुङ्ग, सागर थापा, अभिशेक गुरुङ्ग, बिशाल भण्डारी, विष्णु शर्मा, दिपेश बोगटी, जगत राजवंशी, राहुल राजवंशी, जय राजवंशी, रोशन भण्डारी, राजेश खड्का, रविन गुरुङ्ग, तोयानाथ अर्याल र सुजन राई चयन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कचनकवलका अध्यक्ष तिल बहादुर राईको प्रमुख आतिथ्यतामा समिति गठन गरिएको छ ।

प्रकाशित मिति : माघ ६, २०७६ सोमबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]