बिर्तामोड–भद्रपुर सडकको बीचमा रहेको दुर्गा मन्दिर हटाइदैं
बिर्तामोड । निर्माणाधिन बिर्तामोड–भद्रपुर सडक खण्ड बीचमा रहेको बिर्ताबजारस्थित दुर्गा मन्दिर अझैँ हटाइएको छैन ।

सडकको डीपीआर अनुसार निर्माण गर्दा मन्दिर हटाउनु पनेर् देखिन्छ । सडक निर्माणको क्रममा मापदण्डले भेट्टाएको घरहरु यसअघि भत्काइसकेको छ । तर, निर्माणाधिन सडकको बिच भागमै पनेर् मन्दिर हालसम्म पनि हटाउन सम्बन्धित पक्षले पहल गरेको पाइएको छैन ।
सडक निर्माणको क्रममा मन्दिर हटाउनु पनेर् देखिए पनि हालसम्म नहटाउँदा सबैले चासो व्यक्त गरेका छन् । तीन दशक पुरानो मन्दिर सडकको बीच भागमा अवसीथत छ । बिर्तामोड नगरपालिकाका नगर प्रवक्ता अग्नि प्रसाद पाण्डेका अनुसार मन्दिरले गर्दा सडक निर्माणमा अवरोध भएकाले हटाइने बताएका छन् ।
मन्दिरलाई हटाएर कहाँ राख्ने भन्ने विषय टुंङ्गो नभएको उनले जानकारी दिए । सडक निर्माण गरिरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले सडकको कामले गति लिएको बताएका छन् । सडक निर्माण गर्दा सडक आसपासमा रहेको टेलिफोन, विद्युत, खानेपानी र इन्टरनेटका तारले समस्या भएको उनको भनाई छ । गिरीले भने–केही दिन पछि डे«न निर्माणको काम पनि सुरु गरिने छ । मन्दिरले दुर्घटना निम्त्यिाउने भएकाले हटाउनुको विकल्प नरहेको बताए । सडक निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न गरिने योजना रहेको गिरीको भनाई छ ।
बिर्तामोड–४ निवासी नन्दलाल राजवंशीले मन्दिर रहेको भागबाट एकतर्फी सडक कायम गरेर जानुपनेर् सुझाव दिएका छन् । उनले भने, हाम्रो कुरा सरकारले सुन्दैन, नगरपालिकाको निर्णय हेर्न बाँकी छ । यता बिर्तामोड–३ निवासी बाङठु राजवंशीले परापूर्व कालदेखि बाबु बाजेले स्थापना गरेको मन्दिर सोही ठाउँमा रहनुपनेर् बताए ।