बैशाख ७, २०८१ शुक्रबार

बिर्तासिटीबाट मोटरसाइकल चोरी गर्ने पक्राउ

बिर्तामोड । बिर्तासिटी अस्पताल बिर्तामोडको परिसरबाट मोटरसाइकल चोरी गरी भाग्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बुधबार मेचीनगर –१३ चारआलीका २० वर्षीय विनोद तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मे ११ प २२७३ नम्बरको मोटरसाइकल बुधबार दिउँसो तामाङले चोरी गरेर भाग्दै गर्दा स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । मोटरसाइकल चोरी गर्ने तामाङलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]