बैशाख २६, २०८२ शुक्रबार

सुन तोलाको एक लाख ५३ हजार ४०० कायम

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस अघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८०  रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]