बैशाख २४, २०८२ बुधबार

प्रसाद खाँदा बिरामी भएकाहरुको अवस्था खतरामुक्त

झापा । पुजाको प्रसाद खाँदा झापाको अर्जुनधारामा ५० जनाभन्दा बढी बिरामी परेका छन् । उनीहरुलाई ‘फुड पोइजन’ भएको छ । अस्पतालका अनुसार बिरामीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

अर्जुनधारा –९ स्थित खरबन्दीमा मंगलबार स्थानीय रिता निरौलाको घरमा पूजा लगाइएको थियो । सोही पूजामा प्रसादस्वरुप रोटी, अचार, तरकारी बाँडिएको एक बिरामीले बताए । प्रसाद खाएका अधिकांश बिरामीलाई बान्ता, पखाला र ज्वरो आउने लक्षण रहेको शनिश्चरे अस्पतालका चिकित्सकले बताएका छन् ।

बिरामी हुनेमा बालबालिकादेखि लिएर बृद्धबृद्धासम्म रहेका छन् । बिरामी परेका अधिकांश बिरामीको नगरको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाको कालिस्थानस्थित क्लिनिकमा उपचार भइरहेको छ । क्लिनिकमा कम्तिमा पनि ३० जनाको उपचार भइरहेको छ । यस्तै, गाउँकै अन्य क्लिनिकमा पनि बिरामीको उपचार भइरहेको बताइएको छ ।

क्लिनकमा बेड अभाव भएर बार्दली, कम्पाउण्ड, बेञ्चलगायतका स्थानमा बिरामीको उपचार भइरहेको छ ।
यस्तै, बिरामी भएर गाउँमै रहेका ८ जनालाई नगरपालिकाको गाडीले शनिश्चरे अस्पताल उपचारका लागि ल्याएको छ । यसैबीच, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायत जनप्रतिनिधिले बिरामीलाई भेटेर स्वास्थ्य अवस्था निरीक्षण गरेका छन् । आज साँझ बिरामी भएको खबर पाउनासाथ स्वास्थ्य अवस्था बुझ्न नगरप्रमुखको टोली क्लिनिक र अस्पताल पुगेको थियो ।

गाउँमा रहेका बिरामीलाई नगरप्रमुख गोम्देनको पहलमा उपचारका लागि अस्पताल ल्याइएको सचिवालयले जनाएको छ । अस्पतालमा २५ वर्षीया लक्ष्मी दर्नाल, ६२ वर्षीय चन्द्रबहादुर दर्नाल, ६० वर्षीय तेज बाँस्कोटा, २९ वर्षीय नारायण बाँस्कोटा, ५२ वर्षीया हरिमाया भुजेल, १५ वर्षीय रिवज बाराकोटी, ४० वर्षीया तारा बारोकोटी र ६० वर्षीया हर्कमाया दर्नालको उपचार भइरहेको छ ।

कति बिरामीले सामान्य उपचारपछि घरमै स्वास्थ्य लाभ लिइरहेका छन् भने अस्पतालमा बिरामी आउने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]