पेट्रोल र डिजेलको भाउ घट्यो
काठमाडौँ – पेट्रोलको भाउ ४ रुपैयाँ र डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर ५ रुपैयाँले घटेको छ। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी तेलको भाउ घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेलरमट्टीतेलको १४९ रुपैयाँ कायम भएको छ। अन्य इन्धनको भाउ भने यथावत् रहेको छ।