बैशाख १३, २०८१ बिहीबार

खेलकुदको माध्यमबाट हल्दिवारी चिनाउछौं : लिङ्देन

गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुक्रवार प्रदेश सांसद बसन्त बाँनियाले उद्घाटन गरेका छन् ।

माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटवल, भलिवल,कपर्दी, दौड, रिले दौड, लङ जम्प, हाइजम्प , ट्रिपल जम्प, ज्याम्लिङ थ्रो,सटफुट, कराँते र बक्सिङमा विधार्थी प्रतिष्पर्धा गर्नेछन् ।

शिक्षासँगै खेल क्षेत्रमा विधार्थीलाई अब्बल बनाउन आयोजना गरिएको प्रतियोगिमा बोल्दै प्रदेश सांसदले हल्दिवारीको खेल प्रतियोगिता महोत्सवकै रुपमा लिन सकिने बताए । उनले खेल क्षेत्र सबैको आकर्षण र मनोरञ्जनको क्षेत्र भएकाले राज्य पक्ष यसको विकासमा लागिरहेको जानकारी दिए । उनले आफ्नो ठाउँबाट जिल्लाको खेल क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै, संविधानसभा सदस्य मोहन टुडुले हल्दिवारी गाउँपालिकाले शिक्षा र खेल क्षेत्रमा गरेको प्रगति नमूना भएको बताए । उनले अन्य स्थानीय तहलाई पनि हल्दिवारीको शिक्षा र खेल क्षेत्र सिकाई हुन सक्ने बताए ।

नीजि तथा सामुदायिक विद्यालयलाई सहभागी गराई आयोजना गरिएको कार्यक्रम जनजागृति माध्यमिक विद्यालय गोलधाप उद्घाटन गरिएको हो ।

उद्घाटनमा बोल्दै हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाइने बताए । उनले हल्दिवारीलाई शिक्षा र खेलकुदको माध्यमबाट देशभर परिचित गराउने बताए छन् । उनले भने, हामी यसैको माध्यमबाट स्थापित हुन चहान्छौं । खेलाडीलाई खेल रोजगार दिने हाम्रो उदेश्य छ, लिङदेनले भने – होइन भने हाम्रो शिक्षा, खेलकुदको बजेट तथा कार्यक्रम हेर्नुहोस् ।

खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने प्रयत्न स्वरुप गतवर्षदेखि अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उनको भनाई छ ।
शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरीले अध्यक्षमा भएको कार्यक्रममाथि उनैले प्रकाश पारेका थिए ।

उद्घाटनका अवसरमा अवसरमा विभिन्न जातीय झाँकी नृत्य, खेल प्रशिक्षकहरुबाट कराँतेको काँता , मार्चपास प्रस्तुत गरिएको वडा नं. १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।
सोहि अवसरमा दुई जना खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय कबड्डी खेलाडी अनुजा राई र बक्सिङ खेलाडी अर्जुन शिगुलाई नगद सहित सम्मान गरिएको छ ।

तस्वीर : प्रदीप परियार / इजलास

प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]