बैशाख २६, २०८२ शुक्रबार

सिम्रिकले सुपथ मुल्यको उपभोक्ता पसल सञ्चालन गर्ने

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले सुपथ मुल्यको उपभोक्ता पसल सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ । बुधबार बिर्तामोडमा सम्पन्न १४ औं वार्षिकसाधारणसभा एवम् मुल माइन्यूट प्रमाणित सभामा संस्थाका अध्यक्ष सुवास भट्टराईले उक्त योजना सार्वजनिक गरेका थिए ।

६४ हजार बढी सदस्य रहेको सिम्रिकले माइन्यूट प्रमाणितसभामा प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाको भावी कार्यक्रम तथा योजनाको रुपमा सुपथ मुल्यको उपभोक्ता सञ्चालन गर्ने उल्लेख छ ।

भावी कार्यक्रम तथा योजनाहरुमा कृषि प्रवद्र्धन तालिन सञ्चालन गर्ने, स–साना घरेलु उद्योगहरुलाई प्रवद्र्धन तथा बजारीकरणको व्यवस्था मिलाउने , कृषि उत्पादन तथा प्रशोधन गर्न कृषक समूह निर्माण गर्ने, निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, सार्वजनिक प्राकृतिक सम्पदाको प्रवद्र्धन तथा विकास गर्दै सामुदायिक शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गर्ने उल्लेख छ ।

यस्तै, वित्तिय कारोवारलाई सहज र आधुनिक तवरले शेयर सदस्यहरु माझ पुर्याउन मोवाइल बैंकिङ प्रणालीको शुरुवात गरिएकोले नगद रहित कारोवारमा जोड दिन सदस्यहरुलाई जानकारी गराउन साक्षरता प्रदान गर्ने बताइएको छ ।

प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]