सडकमा उत्रिए सुन्दरीहरु
बिर्तामोड । इकोम मिस एसईई प्रदेश १ का सहभागी सडकमा उत्रिएका छन् । उनीहरु सुरक्षा सम्बन्धी तालिम लिनका लागि सडकमा उत्रिएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक नारायण आचार्य सहितको टोलीले ३४ जना सहभागीलाई ट्राफिक सम्बन्धि तालिम प्रदान गरेको छ ।
प्रहरी निरीक्षक आचार्यले सडक दुर्घटनाको कारण, सडक सुरक्षा, ट्राफिक नियम तथा चिन्हको बारेमा जानकारी गराएका थिए । मिस एसईईका सहाभागीले बिर्तामोडको मुक्ति चौकमा ट्राफिक प्रहरीको सहकार्यमा सर्वसाधारणलाई ट्राफिक सचेतना समेत प्रदान गरेका छन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्मेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको आगामी जेष्ठ २० गते ग्राण्ड फिनाले हुदैछ । प्रतियोगितामा प्रदेश १ बाट हालै एसईई परीक्षा दिएका ३४ प्रतिस्पर्धीको सहभागीता रहेको संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए ।