बैशाख २४, २०८२ बुधबार

श्रद्धा कृषि सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा आयोजित साधारणसभाका प्रमुख अतिथि एवं झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । साधारणसभामा संस्थाको तर्फबाट कार्य समितिका अध्यक्ष छबिलाल शिवाकोटीले आ.व.०८०-०८१ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत अनुसार संस्थाको शेयर पूँजी १ करोड १४ लाख ३ हजार ५ सय रुपैयाँ रहेको छ । त्यस्तै विभिन्न कोषहरुमा ८६ लाख ५४ हजार ९ सय ४० रुपैयाँ २९ पैसा र जगेडा कोषमा ४१ लाख १५ हजार ३ सय १८ रुपैयाँ ७० पैसा तथा अन्य कोष ( हिसाब ) ४५ लाख ३९ हजार ६ सय २१ रुपैयाँ ५९ पैसा रहेको छ । बचत कारोबार रकम १ करोड ८ लाख ४२ हजार ९ सय ७७ रुपैयाँ ६७ पैसा र लगानी २ करोड ८० लाख ९७ हजार ४ सय ५९ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै लेखा समितिका संयोजक कृष्णप्रसाद पौडेलले आन्तरिक लेखा परीक्षण प्रस्तुत गरेका थिए । सोही अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु (७० बर्ष उमेर पुगेका) यज्ञ बहादुर कडरिया, खेमनाथ ओझा, देवीका भट्टराई ,पूर्ण बहादुर थापा ,सूर्यबहादुर कार्की ,बिर बहादुर कुँवर ,ढक बहादुर कार्की ,हरिकला सञ्जेल, उमाकान्त भट्टराई ,राधाकान्त राय ,पवित्रा देवी दाहाल ,सूर्य प्रकाश अधिकारी ,प्रेम विष्ट ,रेशम चौधरी र लक्ष्मी कुमार चौलागाईंलाई सम्मान–पत्रसहित सम्मानित गरिएको थियो ।

त्यसैगरी असल बचतकर्ता चित्र बहादुर कार्की, असल ऋणी सरस्वती जोशी, एसईई परीक्षामा उत्कृष्ट शेयर सदस्यका छोराछोरी जेशिका खाती, उत्कृष्ट कृषक (तोरी बाली) बाट रश्मी प्रसाद नेपाल, मकै बालीबाट उमानाथ कट्टेल र तरकारी बालीबाट छेरु चौधरीलाई सम्मान – पत्रद्वारा सम्मान गरिएको संस्थाका सचिव कृष्णप्रसाद चापागाईंले जानकारी दिए ।

त्यसैबीच संचालक समितिका पूर्व सदस्य स्व. रुद्र बहादुर न्यौपानेको परिवार रञ्जना कार्की न्यौपानेलाई मरणोपरान्त राहत स्वरुप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । अध्यक्ष शिवाकोटीको सभापतित्व र सचिव चापागाईंले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ट अतिथि तथा पूर्व प्रदेश सांसद बृख प्रधान ,कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर तामाङ ,आयोजक संस्थाका सहसचिव युवराज प्रसाई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]