बैशाख २३, २०८१ आईतबार

स्वार्थीको विरुद्धमा नगरसभा रोक्ने वडाध्यक्षको धम्की

बिर्तामोड । शनिवार बिहान कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष रोशन पोख्रेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा धम्कीपूर्ण स्टाटस् लेखे । उनले स्टाटसमा लेखेका छन्, ‘आफ्नै स्वार्थमा मात्र योजना हाल्ने हो भने फेरि पनि नगरसभा रोकिन सक्छ ।’ उनकै नेतृत्वमा गतवर्ष कनकाई नगरपालिकाको नगरसभा ३ घण्टा रोकिएको थियो । त्यो बेला खानेपानीको विवाद भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित मेयर र सोहि पार्टीबाट निर्वाचित वडाध्यक्ष पोखरेलको स्टाटसले तरंग मात्र ल्याएन, उनलाई धेरैले विद्रोही वडाध्यक्ष पनि भने । गलत कामको विरुद्धमा सधैं आवाज उठाउने पोख्रेलले यो पटक सडकको योजनामा असन्तुष्टि राख्दै स्टाटस लेखेको पाइयो । उनले भने, डीपीआर गरेर पठाएको सडकका लागि बजेट आएन, तर डीपीआर नगरेको बाटोमा बजेट आयो । प्रक्रिया अनुसार पहिले डीपीआर हो, पोखरेल भन्छन्, यहाँ पहुँचको भरमा बजेट पारेर मात्रै डीपीआर भयो ।

वडाध्यक्ष पोखरेलका अनुसार प्रदेश १ को पूर्वाधार विकास मन्त्रालयमा ४ वटा सडकको निर्माणको लागि डीपीआर गरेर योजना दर्ता भयो । दर्ता भएको कुनै पनि सडकमा बजेट आएन, यसलाई पहुँच नभनेर के भन्नु ?

प्रदेश सरकारमा दुर्गापुर– विमल चौतारा हुँदै – सरस्वति मावि जाने सडक, जुके कल्भर्टदेखि–जामुनबारीको गेटसम्म जाने सडक, जामुनबारीदेखि – सरस्वती मावि जाने सडक र सुरुङा पुलदेखि अर्जुनधारा जोढ्ने सडक डीपीआर गरेर सम्बन्धित मन्त्रालयमा दर्ता गराएका थियौं ।
डीपीआर भएको थाहा पनि थिएन, तर दुर्गापुरदेखि– सिमसार मार्ग पुग्ने सडकको योजनामा कसरी बजेट आयो – उनले भने ।

विभिन्न समयमा लगत लागेका काममा मुख खोल्ने उनलाई पार्टीले कारवाही पनि गर्ने गरेको छ । केहि दिनअघि मात्रै खानेपानीको विवादमा कारवाहीमा परेमा उनको कारवाही फुकुवा भएको थियो ।

प्रकाशित मिति : माघ १२, २०७६ आईतबार  १२ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]