चैत्र १५, २०८० बिहीबार

सम्पादकीय : वडाध्यक्षको सन्देश

कनकाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष रोशन पोखरेलले शनिवार सामाजिक सञ्जालमा स्टाटस् लेखेर आफु खुशी गर्ने संयन्त्रलाई खवरदारी गरे । उनले सामाजिक सञ्जालमा नगरसभा नै रोकिदिने धम्कीपूर्ण स्टाटस् राखेर गलत कामका विरुद्धमा नयाँ सन्देश दिए । आफ्नै पार्टीबाट निर्वाचित नेतृत्वलाई सामाजिक सञ्जालबाटै सतर्क गराउने वडाध्यक्ष पोखरेल विद्रोही वडाध्यक्ष पनि हुन् । उनले अघिल्लो वर्ष नगरसभा रोकेकै थिए । उनी बोल्ने मात्र होइन व्यवहारमा पनि कार्यान्वयन गर्ने वडाध्यक्ष हुन् भन्ने गतवर्ष नै पुष्टि गरेका थिए ।

आफ्नै वडाभित्र वडाध्यक्षकै अगुवामा भएको सडकको डीपीआर प्रदेशलाई बुझाए । बुझाएनन् मात्र उनले दर्ता गरेरै छोडे । चार वडा सडकमा एउटा पनि उनले डीपीआर गराएको सडक परेन । उनकै अनुसार भन्ने हो भने पहुँचवालाको प्रभाव प¥यो । नगरभित्र वडाध्यक्षहरुलाई नै वाइपास गर्ने को त्यस्तो पहुँचवाला होलान ? सबैमा कौतुहलता जागेको छ । झापाकै कामकाजमा अघि मानिएको कनकाई नगरपालिकाभित्र यस किसिमको द्वन्द्ध छ । यसले अन्य क्षेत्रका स्थानीय तहभित्र कति समस्या होला भन्ने जिज्ञासु बनाएको छ । स्थानीय सरकारमा आज पोखरेल वडाध्यक्ष जस्ता हिम्मतवाला जनप्रतिनिधिको खाँचो खड्किएको छ ।

स्थानीय सरकारमा निर्वाचित भएपछि पार्टी दोस्रो प्राथमिकतामा पर्छ भन्ने सन्देश उनले दिएका छन् । जनताको निम्ति विकासमा कुनै विभेद गर्नुहुदैन भन्ने मान्यताले काम गर्ने जनप्रतिनिधिले बोल्न डराउनु हुदैन । बोल्न डराउनेहरुलाई पदको लोभ छ , पार्टीको डर छ । स्थानीय सरकारलाई व्यापक खवरदारी अहिलेको आवश्यकता छ । आम नागरिक बोल्न सकिरहेका छैनन् । प्रतिपक्ष आन्तरिक द्वन्दमा लडिरहेको छ । यो अवस्थामा जनप्रतिनिधि नै बौरिनुपर्छ । उनले स्थानीय सरकारमा गलत प्रक्रियामा बोल्नुपर्छ भन्ने सन्देश दिएका छन् । सत्यको निम्ति आँखा नदेख्ने र मुख बन्द गर्नेहरु अबको चुनावमा मात्र मतदातामा सिमित बन्नुपर्ने निश्चित छ ।

प्रकाशित मिति : माघ १३, २०७६ सोमबार  ११ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]