बैशाख ४, २०८१ मंगलबार

कनकाईमा व्यवसाय योजना निर्माण सम्बन्धि प्रतियोगिताको तयारी

सिएम शर्मा

सुरुङ्गा । यूनिक बहुमुखी क्याम्पस सुरुङ्गाको आयोजनामा झापा जिल्ला स्तरीय नविनतम व्यवसाय योजना निर्माण प्रतियोगिता हुने भएको छ ।

व्यवसायिक योजनाको प्रस्तावना पत्र तयारीका लागि पौष अन्तिम साताबाटै जिल्लाका क्याम्पसहरुमा सम्पर्क अघिबढाएको र प्रस्तावना पत्र पनि प्राप्त भइरहेको हुँदा विभिन्न चरण पार गरि माघ २६ गते यो प्रतियोगिताको अन्तिम निर्णायक कार्यक्रम गरिने सुरुङ्गामा पत्रकार सम्मेलन जानकारी दिइएको छ ।

बिद्यार्थीहरुमाझ अन्तर्निहीत उद्यमशिलताको क्षमता र रचनात्मक सोचको विकास गर्ने मुलभुत उदेश्य सहित झापा जिल्ला स्तरीय विभिन्न क्याम्पसमा ब्यवस्थापन संकाय अन्तर्गत स्नातक तह अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै युनिक बहुमुखी क्याम्पसले ईनोभेटिव विजनेस आइडिया च्यालेन्ज–२०२० आयोजना गरिएको क्याम्पस प्रमुख दिपक भट्टराईले बताए ।

यस किसिमको कार्यक्रमबाट स्नातक तहमा वाणिज्यशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई स्वउद्यमशीलताका लागि प्रेरित गर्ने , सैद्धान्तिक अध्ययन र तिनको ब्यवहारिक प्रयोजनको लागि साझा मञ्चको निर्माण गर्ने , विभिन्न वित्तीय संस्था , व्यवसायिक फर्म तथा अन्य निजी तथा सार्वजनिक निकायहरुसँग विद्यार्थीको अन्तरसम्बन्ध विकास गर्ने र नविनतम साना व्यवसायिक योजनाहरुको निर्माण र तिनिहरुको स्थापनाका लागि आवश्यक लगानीको वातावरण निर्माण गर्ने जस्ता बिषयमा सहयोग पुग्ने छ भन्ने उदेश्यले क्याम्पसले यो कार्यक्रम आयोजना गरेको र झापामा पहिलोपटक यो प्रतियोगिता हुन लागेको भट्टराईले जानकारी गराएका छन् ।

दुई चरणमा सम्पन्न हुने प्रतियोगितामा प्रथम चरणमा जिल्लामा रहेका सरकारी र गैरसरकारी क्याम्पसबाट ब्यवस्थापन संकाय स्नातक तहमा अध्ययनरत बिद्यार्थीहरुले पाँच/पाँच सदस्यीय समूह निर्माण गरि सो समुहलाई सहयोगीको रुपमा सम्बन्धित क्याम्पसमा अध्यापनरत एक शिक्षकलाई सल्लाहकारको रुपमा लिएर आयोजकले तोकेको ढाँचा अनुसार नविनतम व्यवसायिक योजनाको प्रस्तावना पत्र आयोजकलाई माघ १४ सम्ममा बुझाईसक्नु पर्ने र प्राप्त प्रस्तावनाहरु मध्येबाट निर्णायक मण्डलले दोस्रो वा अन्तिम चरणका लागि उत्कृष्ट ५ वटा प्रस्तावना छनौट गर्ने कुरा कार्यक्रम संयोजक विनोद तिम्सिनाले जानकारी दिए ।

दोस्रो चरणमा पहिलो चरणवाट छनौटमा परेका प्रस्तावना तयार पार्ने समुहले आफ्नो व्यवसायिक योजनासँग सम्वन्धित पावरपोइन्टको तयार गरि माघ २६ गते निर्णायक साथै विभिन्न वित्तीय तथा व्यापारीक क्षेत्रसँग सम्बन्धित संस्था तथा व्यक्तिमाझ प्रस्तुत गर्नुपर्नेछ । जसमध्ये निर्णायक मण्डलले एक उत्कृष्ट योजनाको छनौट गर्नेछ ।

जसको लागि सम्बन्धित विषय विज्ञ , व्यवसायिक तथा वित्तीय क्षेत्रसँग आवद्ध व्यक्तिहरु मिन प्रकाश मैनाली , शिव कुमार गिरी र कृष्णबहादुर नेपाल सहितको तीन सदस्यीय निर्णायक मण्डल तयार गरिएको कार्यक्रम संयोजक तिम्सिनाले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने समूह नगद २५ हजार सहित अवार्ड र प्रमाणपत्रबाट पुरस्कृत हुने छ भने सहभागी सबै समुहले प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : माघ १३, २०७६ सोमबार  ११ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]