चैत्र १५, २०८० बिहीबार

चार हजार धरौटीमा छुटिन् आस्था

काठमाडौं । प्रहरीमाथि अभद्र अभिव्यक्ति दिएको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी गायिका गायिका आस्था राउत धरौटीमा छुटेकी छन् ।

प्रहरीमा उपस्थित भएपछि ‘अभद्र व्यवहार’ को मुद्दा खेपिरहेकी राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज (मंगलबार) चार हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुर्व्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् । आस्थाविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी भएको थियो ।

यता आस्थाले भने प्रहरीले आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् । आस्थाले कार्यक्रमका लागि सिक्किम जाने क्रममा फेसबुकमार्फत लाइफ गर्दै प्रहरीले दुव्र्यवहार गरेको भन्दै प्रहरीमाथि केहि ‘अभद्र’ शब्दहरु प्रयोग गरेकी थिइन् ।

त्यसपछि भारतमा सांगीतिक कार्यक्रममा रहेकी आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् । सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको थियो ।

सोमबार प्रहरी कार्यालयमा आस्थाले कानुनभन्दा माथि कोही नभएको बताउँदै कारबाही स्विकार्ने बताएकी थिइन् । प्रहरी नियन्त्रणमा रहेकी आस्था सोमबार साँझै अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार  ४ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]