कार्तिक २२, २०८१ बिहीबार

बिर्तामोड क्यूआर स्क्याम : ठगीमा संलग्नलाई कारबाही गर्न सिडिओको निर्देशन

बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिर्तामोडमा मोवाइल बैकिङ मार्फत ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । झापा प्रहरीलाई उनले मोवाइल मार्फत क्यूआर गर्ने नाममा भइरहेको ठगीको अनुसन्धान गरेर संलग्नलाई कारबाही गर्न निर्देशन दिए ।

बिर्तामोडमा आज आयोजित नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले केही समययता बिर्तामोडसहित जिल्लाका विभिन्न स्थानमा भइरहेको क्यूआर ठगीको अनुसन्धानका लागि निर्देशन दिदैं कारबाहीको गर्न भनेका छन् ।

आम नागरिक एवम् सरोकारवालाहरुसँग सुनुवाई कार्यक्रम मार्फत सल्लाह, सूझाव,गुनासो संकलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ‘क्यआर स्क्याम’ को विषय उठेको थियो । उक्त विषयमा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले तत्काल घटनाको छानविन गर्न ध्यानाकर्षण भएको बताएका छन् । उनले व्यवसायीहरुलाई ठगी बच्नका लागि सचेत हुन आग्रह गरेका छन् ।

नागरिक सुनुवाई कार्यक्रममा लागुऔषध, विद्यालयका बसहरुको अराजकता, अव्यवस्थित पार्किङ, बजार अनुगमन, निजी नम्बरका गाडीहरु भाडामा प्रयोग, बिर्तामोडमा बढ्दै गएको यौन धन्दा नियन्त्रणका सन्दर्भमा सवालहरु उठाइएको छ ।

सुनुवाई कार्यक्रममा पत्रकार प्रदीप परियार, पुष्प खड्का, यातायात व्यवसायी गणेश कोइराला, हरि बास्कोटा, व्यवसायी युवराज निरौला, राष्ट्रिय युवा संघकी स्थायी कमिटी सदस्य नेतृ रोजिना पाण्डे, मनमोहन सामुदायिक अस्पतालका कमल भट्टराई लगायतले समस्याहरु र सूझाव समेत राखेका थिए ।

सहभागीहरुको जिज्ञासा, सल्लाह र सूझावपछि बोल्दै झापा प्रहरी उपरीक्षक मिलन केसीले प्रहरीले आफ्नो कर्तव्य पूरा गर्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । शान्ति सुरक्षाका लागि सधै समन्वय गरेर जाने बताए । उनले लागूऔषध न्यूनिकरण गर्नका लागि जिल्लाभर अभियान नै सञ्चालन गरेको बताएका छन् । उनले भने, समाजमा कुनै पनि कानुन विपरित र अपराधिक क्रियाकलापका सूचना प्राप्त भएमा तत्काल जानकारी दिनुहोस्, हामी कारबाही गर्ने छौं ।

यस्तै, कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले लागूऔषधका कारण समाज ठुलो समस्यामा परिरहेको बताएका छन् । उनले प्रहरीले आफ्नो स्रोत साधन अनुसार काम गरिरहे पनि नियन्त्रण हुन नसकेको बताए । उनले लागुऔषध सबैको साझा समस्या भएको बताएका छन् । लागुऔषध नियन्त्रणका लागि नागरिक पनि सचेत हुनुपर्ने उनको भनाई छ । यो काम प्रहरीको मात्र होइन, उनले भने – समाज विग्रनबाट जोगाउने दायित्व सबैको हो । सबैले सचेत हुने र त्यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै, ट्राफिक व्यवस्थापनका सन्दर्भमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेलले धारणा राखेका थिए । उनले निजी सवारी भाडामा प्रयोग गरेको विषय सूचना आएमा कारबाही गर्ने बताएका छन् । यस्तै, पार्किङ व्यवस्थानका लागि अलग्गै व्यवस्थापन नभएकाले कठिनाई भएको स्वीकार गरे । यता, विद्यालयका बसहरुको विषयमा ध्यानकर्षण भएको बताउँदै नियमन गर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको आयोजना र इलाका प्रहरी कार्यालय अनारमनीको सहआयोजनामा भएको नागरिक सुनुवाईमा अनारमनीका डिएसपी प्रकाश विष्टले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए ।

Click – बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

 

प्रकाशित मिति : आश्विन २२, २०८१ मंगलबार  ३ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]