कार्तिक २२, २०८१ बिहीबार

बिर्तामोडमा मोवाइल बैंकिङका नाममा शृङ्खलाबद्ध ठगी

प्रदीप परियार

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायीहरु श्रृङखलावद्ध रुपमा ठगिएको घटना बाहिर आएको छ । विद्युतीय कारोवार गर्ने नाममा एउटा गिरोहले व्यवसायीहरुलाई महिनौदेखी ठगी गर्दै आएको पुष्टि भएको छ । यसबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले वेवास्था गरेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

गत आइतवार बिर्तामोड–६ स्थित सत्याल अटो पुगेका अन्दाजी ४० वर्षका युवाले मोविल मागे । १२ सय रुपैयाँको मोविल मागेका युवाले आफ्नो १० चक्के ट्रकमा मोविल सकिएको जानकारी गराए । उनले आफ्नो स्टाफलाई खर्च दिनुपर्ने भन्दै व्यवसायीसँग अलग्गै नगद २८ सय रुपैयाँ पनि मागे । सत्यालले छोराको क्यूआर दिएका थिए ।

व्यवसायी धनपती सत्यालसँग ईसेवाको क्यूआर मागे र मोविलसहितको ४ हजार रकम जम्मा गरेको फोटो तत्कालै देखाइदिए । उक्त क्यूआरमा अहिलेसम्म रकम जम्मा भएको छैन ।

 

त्यस्तै, असोज २ गते बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको सगुन कुर्ता सुरुवालमा ति युवा पसलको पछाडिको बाटो हुँदै प्रवेश गरे । बुट्टाबारी पुगेका युवाले त्यहाँ पनि गिफ्टका लागि कुर्ता सुरुवाल देखाउन भने । उनलाई पसलमा बसेका कृस शाहले २२ सय रुपैयाँको कुर्ता सुरुवाल देखाए । कुर्ता हेरिसकेपछि ति युवाले कृषलाई भने, ‘म ४ हजार २ सय रुपैयाँ क्यूआर गरिदिन्छु मलाई २ हजार नगद देऊ, यो कुर्ता साथी लिन आउनुहुन्छ, म अर्को ठाउँमा काम छ जाँदै गर्छु ।’ उनले पनि आफ्नो ग्राहकलाई सहयोगको भावनाले २ हजार नगद उपलब्ध गराए ।

पछि कुर्ता लिन कोही आएन, क्यूआरमा पनि पैसा जम्मा नगरी झुक्काएको थाहा भयो, कृसले भने । ति युवाले आफ्नो मोवाइल नम्बर (९७०८३६२३०९) उपलब्ध गराएका थिए । पछि सम्पर्क गर्दा ईसेवामा पठाइदिन्छु भन्दै नम्बर मागेका थिए । तर, अहिलेसम्म २ हजार रुपैयाँ फिर्ता नगरेको उनको भनाई छ ।

सिटि सेन्टर पूर्वमा मारुती इन्टरप्राइजेज सञ्चालन गर्दै आएका भुपाहङ लक्क्षम लिम्बुलाई पनि दुई जना युवाहरु मोटरसाइकलमा आएर मोटरसाइकलकै ब्याट्री मागे । ब्याट्री मागेपछि लिम्बुले निकालेर दिए । ब्याट्री दिएपछि ति युवाले क्यूआर पनि मागे । क्यूआर मागेर ब्याट्री माग्ने युवाले व्यवसायी लिम्बुलाई भने, दाई म ब्याट्रीको ३ हजार सहित ६ हजार रुपैयाँ ट्रान्सफर गरिदिन्छु । मलाई ३ हजार रुपैयाँ थपेर दिनुस् है । यति भनेर ६ हजार रुपैयाँ ट्रान्सफर गरेको फोटो मोवाइलमा देखाएर हिडेपछि मैले पत्याए, लिम्बु भन्छन्– बैंकिङ कुरा ढिलो हुन सक्छ भन्ने लाग्यो । बेलुका, भोली विहानसम्म पनि पैसा नआएपछि ठगिएको थाहा पाए । पछि सम्पर्क गरेर पैसा मागे । धेरै प्रयासपछि ३ हजार फिर्ता आयो, ३ हजारको ब्याट्री अहिलेसम्म फिर्ता नआएको उनको भनाई छ । उनले तत्कालै कारबाही प्रक्रियामा नल्याए धेरै व्यापारीहरु ठगिन सक्ने बताएका छन् ।

यस्तै, सोही युवाले बालाजी फर्मामा पनि ठगि गरेका छन् । बालाजीका सञ्चालक आकाश गोयललाई साँझतिर हेल्मेटसहित छिरेका युवाले के छ हालखवर भन्दै सोधे । हतारमा रहेका गोयल बुबा र श्रीमतीलाई छोडर निस्किदै थिए । त्यहि बेला बालाजी पुगेका ति युवाले ८ सय १० रुपैयाँको औषधि लिए । औषधि लिएपछि आफुसँग नगद नभएको र ३ हजार रुपैयाँ क्यूआर गरिदिने भन्दै बाँकी २१ सय ९० रुपैयाँ नगद पनि मागे । बालाजीको क्ूआरमा पैसा पठाएको फोटो देखाएर हिडेका युवाले खल्ती एप प्रयोग गरेका थिए । दुई दिनसम्म रकम जम्मा नभएपछि गोयलले खल्तीलाई सो घटनाबारे इमेल गरेका थिए । पछि खल्तीले उक्त नम्बरको खाता नै बन्द गरेको थियो । पैसाका लागि निरन्तर सम्पर्क गर्दा काठमाडौंमा भएको प्रतिक्रिया दिए । काठमाडौंबाट फर्किएपछि रकम जम्मा गरिदिने भनेका युवाले अहिलेसम्म रकम जम्मा गरेका छैनन् ।

विभिन्न ठाउँमा ठगी गर्दै हिडेका युवाले बिर्तामोडकै एक इेलेक्ट्रोनिक पसलमा प्रितम मामाको छोरा ठुलो भइसकेछौं भन्दै प्रवेश गरे । त्यहाँ बस्ने व्यवसायीले पनि बुबाको साथी रहेछन् भन्ने लागेर खुलेरै कुरा गरे । चार्जिङ बल, पंखाको ब्लेडसहित धेरै सामान छानेका उनले गुणस्तरीय, ग्यारेन्टीवाला सामान देखाउन भने । सामानको विल ३ हजार भयो । पैसा जम्मा गर्नलाई क्यूआर मागे । बैंकको क्यूआर दिएपछि ति युवाले इसेवाको मात्रै आफुसँग सुविधा भएको भने । ५ हजार थपेर ८ हजार हाली दिन्छु भने । ५ हजार नगद मागेका उनले पेमेन्ट सक्सेसफुलको फोटो देखाए । तर, पैसा नआएपछि युवाहरुले रिसिभ मागेका थिए । त्यहि बेला उनलाई चिन्ने मान्छे आएर व्यवसायीलाई जानकारी गराएपछि ठगी भएको जानकारी भयो । उनीहरुले प्रहरी पनि बोलाए । प्रहरीको टोलीले सानो विषय रहेछ भन्दै फर्किएको थियो ।

यस्तै, ति युवाले पुरानो भद्रपुर रोडमा विनायक अटो लिंकमा पुगेर एउटा सामान मागेका थिए । बिनायकका सञ्चालक आदित्य शाहका अनुसार ४७ सय बराबरको सामान मागेर ६ हजार नगद पनि मागे । आफुसँग अन्तराष्ट्रिय खाता रहेको बताउने उनले १० हजार २ सय रुपैयाँ क्यूआर गरेर पैसा ट्रान्सफर भएको देखाए । पेमेन्ट सक्सेस लेखेको देखेपछि विश्वास भयो । गाडीका लागि वाइरिङ पनि चाहिएको भन्दै फोन नम्बर छोडेर गएका थिए । पछि पैसा नआएको थाहा पाएपछि छोडेको त्यो नम्बरमा शाहले सम्पर्क गर्दा धेरै नै टारे । आजभोली भन्दै एक महिनासम्म झुलाएका ति युवाले शाहलाई ‘दाजु’ मार्फत ५ हजार फिर्ता गरे । पछि सामान पनि फिर्ता ल्याइदिए । अब एक हजार फिर्ता पाउन बाँकी छ ।

व्यवसायीहरुसँग सामान लिने, नगद पनि मागेर क्यूआर गरिदिन्छु भन्दै झुक्याएर हिड्ने युवाले भारतीय नम्बरबाट वाट्सअपमा कुराकानी गर्ने गरेको खुलेको छ । भारतीय नम्बर +९१९९३९६६९६२२ मा कुराकानी गर्दा दिपक कालिकोटे नाम देखिन्छ । कतिपय व्यवसायीहरुले आफु ठगिएको थाहा पाएपछि उनको बारेमा खोजी गर्दा बिर्तामोड ३ निवासी भएको बताएका छन् ।

सामान खरिद गर्न कालिकोटेले भर्खरै वैदेशिक रोजगारीबाट आएको, ढुवानी व्यवसायी, सप्लायर्स सञ्चालक, निजी कम्पनीमा कार्यरत रहेको परिचय दिने गरेका छन् । धेरै ठाउँमा चिनिरहेको जस्तै गरेर प्रस्तुत हुने कालिकोटेले महिनौ दिनदेखि बिर्तामोडमा यस प्रकारको ठगी गरिरहेको व्यवसायीहरुको धारणा छ ।

प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]