चैत्र ६, २०८० मंगलबार

मानव अधिकार सञ्जाल झापामा नयाँ नेतृत्व

बिर्तामोड । झापामा मानव अधिकार सञ्जाल गठन भएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशिल नागरिक अगुवा रहेको सञ्जालमा विष्णु खरेल अध्यक्ष बनेका छन् ।

उनको नेतृत्वमा गठन भएको सञ्जालको सचिवमा रुपक खनाल र सहसचिवमा दिपक दास चयन भएका छन् ।
मानव अधिकार रक्षाको लागि संगठित रुपमा काम गर्ने उदेश्यले स्थापना गरिएको मानव अधिकार सञ्जालको सदस्यहरुमा रेखा अधिकारी, मिरा भट्टराई, लक्ष्मी निरौला, रणदेव हजाम, कुमार चुडाल, चन्द्र चुडाल, छविलाल विश्वकर्मा र कविता शर्मा रहेका छन् ।


सोमवार बिर्तामोडमा आयोजित दोस्रो अधिवेशनबाट मानव अधिकारको सुनिश्चितताको लागि नयाँ नेतृत्व चयन गरिएको सहसचिव दासले जानकारी दिएका छन् ।


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  ४ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]