बैशाख १३, २०८१ बिहीबार

सुब्बा परिवारद्वारा सरस्वतीको मन्दिर हस्तान्तरण

बिर्तामोड । स्वर्गीय मातापिताको स्मृतिमा विधालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरिएको छ । सरस्वती पुजाको अवसरमा कुशल आर्टका सञ्चालक कुशल सुब्बा र राधा सुब्बाले एक कार्यक्रमको आयोजना गरेर अर्जुनधारा–६ स्थित रहेको बाल कल्याण प्राविलाई मन्दिर हस्तान्तरण गरेका हुन् ।

विधार्थीलाई पुजा गर्न उनीहरुले विधालयमा मन्दिर हस्तान्तरण गरेको बताएका छन् । विधालय नजिकै स्थानीयबासीको रुपमा बस्दै आएका सुब्बा परिवारले अन्य क्षेत्रमा भन्दा शिक्षाको देवि सरस्वतीको मन्दिर बनाउन प्रभावकारी देखिएकोले मन्दिर निर्माण गरिदिएको जानकारी दिए । मन्दिरसँगै सरस्वतीको मुर्ति समेत प्रदान गरेका छन् ।

मन्दिरका दाताले करिव १ लाख ५ हजारको लागतमा निर्माण पुरा गरिएको बताए । दाताको तर्फबाट मन्तब्य राख्दै कुशल सुब्बाले विधालयमा आगामी दिनामा समेत सहयोग गर्दै जाने बताए । उनीहरुलाई मन्दिर निर्माण गरेर अमुल्य सहयोग गरेको भन्दै विधालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ गौतमले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार  ४ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]