चैत्र १६, २०८० शुक्रबार

कोरोनाबाट चीनमा २१३ को मृत्यु : डब्लुएचओले घोषणा गर्यो ‘स्वास्थ्य आपतकाल’

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भई विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी ‘स्वास्थ्य आपतकाल’ घोषणा गरेको छ ।

चीनबाट शुरु भएको कोरोनाको सङ्क्रमण विश्वका १८ देशमा फैलिसकेको छ । कोरोना तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओको आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्व आपतकालीन अवस्था घोषणा गर्नुको कारण चीनमा के भइरहेको छ भन्ने भन्दा पनि अरु देशमा के भइरहेको छ भन्नेमा बढी केन्द्रित रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताएका छन् ।

डब्ल्यूएचओले यसअघि सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, तथा सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण गरी पाँच पटक विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म २१३ जनाको ज्यान गइसकेको छ । भाइरसले चीन बाहिर १८ देशका ९८ जनामा सङ्क्रमण भएको पुष्टि भएको डब्लुएचओले जनाएको छ ।

चीनको वुहान शहरबाट बाहिर गएकाहरुमा यसको लक्षण देखिएको छ । जर्मनी, जापान, भियतनाम र अमेरिकामा यो भाइरस मान्छेबाट मान्छेमा सरेको पुष्टी भएको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा फैलिएमा यो भाइरसले जटिल अवस्था ल्याउनेतर्फ पनि डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ । एजेन्सी

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]