बैशाख १३, २०८१ बिहीबार

धरानमा कोरोनाभाइरसको आशंका

धरान – केही दिनअघि दक्षिण कोरियाबाट फर्किएका धरानका एक युवकलाई कोरोनाभाइसरको आशंका पछि टेकु रिफर गरिएको छ ।

ज्वरोको उपचार गराउन अस्पताल पुगेका मोहनकुमार लिम्बुलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोनाभाइरस संक्रमणको शंका लागेपछि थप उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको हो । 

लिम्बुलाई १०३ डिग्री ज्वरो देखिएको छ भने घाँटी दुखेका लक्षणहरु देखिएको बिपी प्रतिष्ठानले जनाएको छ । 

लिम्बुले आफू कोरियामै हुँदा त्यहाँ केही व्यक्तिमा कोरोनाभाइरसको संक्रमण भएको भनेपछि उनलाई तत्काल टेकु पठाएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]