मंसिर २३, २०८१ आईतबार

व्यवसायिक राहत कोषमा भट्टराईद्वारा २१ हजार प्रदान

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’ मा ओमप्रकाश भट्टराईले कोष बृद्धिका लागि सहयोग गरेका छन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सगुन होम प्याराडाइज इन्टरनेशनलका प्रवन्ध निर्देशक समेत रहेका उनले संघका अध्यक्ष राजु न्यौपानेलाई सहयोग रकम प्रदान गरेका थिए । संघले स्थापना गरेको कोषमा कोष बृद्धिमा सहयोग पु¥याएको भन्दै भट्टराईलाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो । संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : कार्तिक १०, २०८१ शनिबार  ६ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]