जेष्ठ ६, २०८१ आईतबार

इनरुवामा भएको सवारी दुर्घटनामा झापालीको मृत्यु

विराटनगर । सुनसरीमा माइक्रो र यात्रु बस एकाआपसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना यात्रु घाइते भएका छन् ।

सुनसरीको तितृबनामा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

घटनामा माइक्रोबसका चालक दिपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकजना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु थियो । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विजय दाहालले उनको पहिचान खुल्न बाँकी रहेको बताए ।

घाइतेहहरुको धरान र इटहरीका अस्पतामला उपचार भइरहेको प्रहरीले जनाएको छ । वीपी प्रतिष्ठान धरान लगिएका थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  १२ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]