बैशाख ८, २०८१ शनिबार

लघु उद्यमबाटै वातावरण जोगाउने लक्ष्य

बुधबारे । झापाको लघुउद्यममा धेरै नाममध्ये तारा खनाल अधिकारीको बढि नै चर्चा छ । बुद्धशान्ति–३ को बुधबारेमा शितला लघु उद्योग सञ्चालक ताराको चर्चा कामकै कारण भएको पुष्टि उनले गरिरहेकी छन् ।

पाँच वर्षदेखि सो क्षेत्रमा क्रियाशिल ताराले महिलाहरु मेहनतका कारण स्वरोजगार र उद्यमी बन्न सक्ने प्रमाणित गरेकी छन् । सीटीइभीटीको दोस्रो तहको प्रशिक्षकको मान्यता पाएकी उनले आफ्नै ठाउँमा जमाएकी छन् । उनको उधोग झापा मात्र नभई प्रदेश नं. १ मै चर्चामा रहेको छ । पहिलो चरणमा सिलाई कटाई शुरुआत गरेकी उनले यतिवेला ब्याग उद्योग समेत चलाइरहेकी छन् । सबै प्रकारको ब्याग उत्पादन गरिरहेकी उनले वातावरणमैत्री ब्याग उत्पादनलाई जोड दिएकी छन् । एउटा मेसिन राखेर काम थालेको बताउँने ताराले यतिबेला ३० वटा मेसिन जोडेकी छन् । उनलाई घरेलु तथा साना उद्योग कार्यालय झापाले पनि सहयोग गरेको छ ।

उद्यमशिलताको क्षेत्रमा पहिचान बनाएर सबैको रोजाईमा परेको शितला लघु उद्योगमा प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा ३० जनाले रोजगार पाएका छन् । अहिले उनलाई माग भए अनुसारको उत्पादन बजारमा पु¥याउन धावाधावा छ । स्थानीय सरकारहरुले पनि महिलालाई तालिम दिन बोलाइरहेको उनको भनाई छ । केहि स्थानीय तहमा काम पनि भइरहेको छ ।

कपडाको हाते झोला बनाएर वातावरण प्रदुषण घटाउने उनको मुख्य उद्देश्य रहेको बताइन् । उनले बनाएका झोला देखेर खाँदवारी नगरपालिकाले ५ हजार झोला बनाउन दिएको छ । कर्णाली स्कुलले २ सय २० पिस ब्यागको अर्डर गरेको छ । भर्खरै बुद्धशान्ति गाउँपालिकाले माग गरे अनुसार ८ सय पिस झोला बनाएर उपलब्ध गराइसकेको अधिकारीले जानकारी दिइन् । किशोरी र महिला उमेर समूहलाई तालिम दिदँै झोला उत्पादनमा प्राथमिकता दिने उनले केरखामा तालिम सञ्चालन गरिरहेकी छन् । अझै उधोगमा पनि १५ जनालाई तालिम दिइरहेको उनको भनाई छ ।

प्लाष्टिकका झोलाले वातावरण कुरुप बनाएको देखेर यो कामको थालनी गरेको उनको भनाई छ । उनले भनिन् – बजारमा किनमेल गर्नदेखि टाढाको यात्रामा समेत प्रयोग गर्न सकिने गरि ब्याग बनाइरहेका छौं । यसमा राम्रो भविष्य देखेकी उनले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षक राखेर महिलालाई तालिम दिई रहेको जानकारी दिइन् । यसै क्षेत्रमा नयाँ प्रकारका ब्याग उत्पादन गर्दै जाने सोच बनाएकी अधिकारीले स्थानीय तहहरुसँग सहकार्य गरेर वातावरणमैत्री व्यागको प्रयोग बढाउने योजना रहेको सुनाइन् ।

प्रकाशित मिति : माघ १९, २०७६ आईतबार  १ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]