मंसिर २२, २०८१ शनिबार

सिर्जना बाल युवा क्लबको सामूहिक देउसीभैलो समापन

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ ज्योति बस्तीस्थित सिर्जना बाल युवा क्लबको सामूहिक देउसीभैलो मंगलबार साँझ संस्थाको कार्यालय भवन अगाडि मनोरञ्जन कार्यक्रमसहित समापन गरिएको छ ।

बडा दशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा सीप, कला र संस्कृति हाम्रो पहिचान, सभ्य समाजको सिर्जना हाम्रो अभियान भन्ने मुल नाराका साथ क्लबले १६ र १७ गते नगरका टोल, टोलमा सामूहिक देउसीभैलो कार्यक्रमको आयोजना गरेको थियो ।

अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा क्लबका सल्लाहकार सदस्य देवकुमार राईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

समापनको अवसरमा आयोजक क्लबका बाल कलाकारहरु प्रिन्जा थापा, अंलिना भट्टराई, काविया राजवंशी र साथीहरूले देउसीभैलो सम्बन्धी स्वागत नृत्य प्रस्तुत गरेका थिए । सोही क्लबका कलाकारहरु अस्मिता पोखरेल ,रोजिना थापा, स्वस्तिका बस्नेत र साथीहरूले लोपोन्मुख संस्कृति झल्काउने सोई ढोले, सोई, अर्को ढोले खोई ! भन्ने गीतको बोलमा साकेला नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै कलाकारहरु प्रतिमा आचार्य, चन्दा सुवेदी, एलिसा बस्नेत र साथीहरूले मारुनी नृत्य गरेका थिए भने रोजिना र साथीहरूले लिम्बू नाच प्रदर्शन गरे । त्यसैबीच अनुषा निरौला एकल नृत्य, रोजिना थापा र सन्देश बस्नेतले युगल नृत्य प्रस्तुत गरेका थिए ।

नाच प्रदर्शन गर्ने क्रममा स्थानीय नव युवा क्लबका रिद्धिमा मैनाली, आरवी शाह, खुशी थापा, निसा र साथीहरूले रमाइलो नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सूर्य ज्योति बोर्डिङ स्कुलका बिद्यार्थीहरुबाट युगल नृत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा स्थानीय कलाकारहरु उज्वल विमली,अंकित विष्ट लगायतले आ–आफ्ना गायन प्रस्तुत गरेका थिए । क्लबकी अध्यक्ष शर्मिला न्यौपानेको सभापतित्व तथा सदस्यहरु चेतन थापा र सालनानी दियालीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले शुभकामना मन्तव्य राख्दै क्लबका संस्थापक अध्यक्ष स्व. नगेन्द्र आचार्यप्रति श्रद्धासुमन अर्पण गरे । स्व.आचार्यले संस्थालाई पु¥याएको योगदान को कदर समेत गरे ।

बालबालिकाहरुको सीप,कला प्रस्फुटन गराउनका लागि सिर्जना बाल क्लब स्थापना गरिएको उनले बताए । संस्था जन्माउन सजिलो हुन्छ । तर यस्लाई हुर्काउन अप्ठ्यारो छ । यो संचालन गर्न खर्च चाहिन्छ उनको भनाइ थियो ।

आर्थिक जुटाउने वैकल्पिक बाटो सामूहिक देउसीभैलो कार्यक्रम हो । यस क्षेत्रका बालबालिकाहरुको सीप, कला विकास गराउने कार्यमा संस्थाले अब्बल भूमिका खेल्योस् भन्दै उनले क्लबका पदाधिकारी र सरोकारवालाहरुलाई सुझाव दिए ।

लोक, संस्कृति प्रवद्र्धन गर्न सके भावी सन्ततिका लागि काम लाग्ने धारणा व्यक्त गरे । संस्थालाई समस्या पर्दा वडा कार्यालयले सहयोग गर्दै आइरहेको उनले बताए । कार्यक्रममा विशिष्ट अतिथि एवं वडा नम्बर ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल, मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्व क्याम्पस प्रमुख कमल गुरागाई, सूर्य ज्योति आवासीय अंग्रेजी माविका प्रबन्ध निर्देशक रुद्रप्रसाद सिटौला लगायतले क्लबको उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए ।

समापन कार्यक्रमको अवसरमा नगद ५८ हजार रुपैयाँ संकलन गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिइन् । यसअघि ४२ हजार रुपैयाँ संकलन गरिएको क्लबका सचिव आदर्श पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २१, २०८१ बुधबार  २ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]