माघ २८, २०८१ सोमबार

सरसफाईको क्रममा नेपाल क्लिनिक गोल्धापको शौचालयभित्र शिशुको शव फेला

बिर्तामोड । झापा हल्दिवारी–१ गोल्धापस्थित नेपाल क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको छ । प्रहरीका अनुसार आज साँझ शिशुको शव निकालिएको हो ।

सरसफाईका क्रममा शौचालयभित्र बच्चाको टाउँको देखिएपछि प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले शौचालय फुटाएर बच्चा निकालेको बताइएको छ । बच्चा कस्ले फालेको हो भन्ने बारे प्रहरीले अनुसन्धान थालेको छ ।

दिउँसो क्लिनिकमा पेट दुख्यो भन्दै एक महिला आएकी रहिछन्, एक स्थानीयले भने – पेट दुखेको औषधि खाएर शौचालय गएकी थिइन् । पछि अलि ठिक भयो भन्दै अटोमा हिडेको स्थानीयको भनाई छ । सीसी क्यामेराबाट हेर्दा अनुहार चिन्न सकिएन । प्रहरीले अटोको नम्बरका आधारमा महिलाको खोजी सुरु गरेको छ । शौचालय सरसफाईको क्रममा पानी जमेपछि निकासको प्रयासको गर्दा बच्चाको टाउँको देखिएको थियो ।

प्रकाशित मिति : कार्तिक २४, २०८१ शनिबार  ७ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]