बैशाख २०, २०८२ शनिबार

‘पूर्णबहादुरको सारङ्गी’ ले १० दिनमा कति कमायो ?

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।

फिल्मले रिलिज १० दिन (शनिबारसम्म) मा १७ करोड ९८ लाख ग्रस कमाई गरेको फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जानकारी दिएको छ ।

फिल्मले शुक्रवार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको थियो ।

त्यसैगरी आइतबार यता पनि फिल्मको कमाई शानदार रहेको छ। फिल्म अहिले पनि देशभर हाउसफूलका साथ चलिरहेको छ ।

फिल्मले कैयौं किर्तिमान बनाउने क्रममा देशभरमा एकै दिन ४८० भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको छ । यस अघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  १२ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]