बैशाख २३, २०८२ मंगलबार

उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न : प्रधानमन्त्री ओली

विराटनगर, २६ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पार्नुभएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाउनुभयो ।

उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”

प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : कार्तिक २६, २०८१ सोमबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]