चैत्र १५, २०८० बिहीबार

तारा नमस्तेका बालबालिका आफ्नै भवनमा सरे

बिर्तामोड । दाताको सहयोगले अनाथ बालबालिका अब आफ्नै भवनमा बस्ने भएका छन् । बिर्तामोड–४ मा रहेको तारा नमस्ते बालग्रामका बालबालिका बुधबारदेखि नवनिर्मित आश्रम भवनमा सारिएको अध्यक्ष नारायण पोखरेलले जानकारी दिए । ७ वर्षदेखि पोखरेलले आफ्नै घरमा १४ जना बालबालिकालाई आश्रय दिएका थिए ।

गुरुप्रसाद ओझाले १ कठ्ठा र गुरुभक्त न्यौपानेले उपलब्ध गराएको ५ धुर जग्गामा आश्रमको दुई तले भवन निर्माण गरिएको छ ।

भवन निर्माणको लागि तारा नमस्ते फाउण्डेशनले २४ लाख, प्रदेश विकास कोष मार्फत सांसद एकराज कार्कीले १३ लाख, बिर्तामोड नगरपालिका ११ लाख, मोहन पोखरेल १ लाख, हल्दिवारी गाउँपालिका २ लाख ५० हजार, लोकनाथ मिश्र १ लाख, राधिका पोखरेल अष्ट्रेलिया १ लाख, सहारा नेपाल २ लाख एनएमसी , यज्ञ ओली राजगढ , ज्ञानु प्रसाई र हेमकुमार खड्का ५१/५१ हजार , हरिमाया राउत १ लाख, बालग्रामका अध्यक्ष पोखरेलले ५ लाख, सचिव दिपेन्द्र राउत ३ लाख , व्यवसायी कृष्ण पौडेल ५१ हजार र दोर्जे लामाबाट १५ हजार र अन्य व्यक्तिबाट जिन्सी सहयोग प्राप्त भएको छ ।

गत वर्षबाट निर्माण शुरु गरिएको भवन तिन तले बनाउने लक्ष्य रहेको अध्यक्ष पोखरेलले जानकारी दिएका छन् । अभिभावकको सहारा नपाएका बालबालिकालाई तारा नमस्ते बालग्रामले शिक्षासहितको आश्रय दिदैं आएको छ ।

प्रकाशित मिति : माघ २२, २०७६ बुधबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]