बैशाख १४, २०८१ शुक्रबार

झापाका सबै क्रसर उधोग अवैधानिक

बिर्तामोड । झापामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको जिल्ला अनुगमन समन्वय समितिले जनाएको छ । कानुनको धज्जी उठाउँदै क्रसर उद्योगहरु नवीकरण नभई संचालनमा गरेकाले स्वतःअवैध भएको समितिको ठहर छ ।

तस्करहरुले ढुंगा, गिट्टी, बालुवा जथाभावी रुपमा उत्खनन् गरी सरकारलाई चुनौती दिइरहेका छन् । नदीजन्य पदार्थ अवैध उत्खनन् कार्य बढेपछि जिल्ला समन्वय समितिले अनुगमन गर्दै नियमनको लागि सरोकारवालासँग समन्वय गर्दै आएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए ।

जिल्लाका खोला बगरबाट मापदण्ड विपरित उत्खनन् कार्य बढे्पछि झापा जिल्ला अनुगमन तथा समन्वय समितिले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार समन्वय समितिले सभाहलमा पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिवेदन सार्वजनिक गरेको होे । झापामा बालुवा र क्रसर उद्योग गरी २७ वटा छन् । जसमा १२ वटा क्रसर उद्योग छन् ।

केदार गिरी र समिर गिरीले बिर्तामोड–६ मा सञ्चालन गरिरहेको कन्चनजंघा क्रसर उद्योग, निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलन बस्नेत र विन्दीया श्रेष्ठले अर्जुनधारामा सञ्चालन गर्दै आएको मंगल श्री क्रसर उद्योग, शेरबहादुर थापा र अशोक विष्टले सञ्चालन गर्दै आएको अर्जुनधारा –४ स्थित रहेको जयकाली रोडा उद्योग, कुमार गिरी र बलराम डाँगीले सञ्चालन गर्दै आएको जय घटाल रोडा उद्योग, खगेन्द्र उप्रेतीले सञ्चालन गर्दै आएको पाथीभरा एग्रिगेट उद्योग, अर्जुनधारा धाम समितिका अध्यक्ष नविन गट्टानीले सञ्चालन गर्दै आएको विल्डकन इन्ड्रष्टी, दिपेन्द्र विक्रम कार्कीको सयपत्री बालुवा प्रशोधन उद्योग , मेचीनगरमा–१२ स्थित चारआली उत्तरमा सुवास लामाले संचालन गरिरहेको राजधानी क्रसर,बुद्धशान्ति–२ मा लिला न्यौपाने र भुवनेश्वरी राउतले चलाइरहेको कनकाई माई क्रसर उद्योग मापदण्ड विपरित संचालित छन् । नविकरण नगरेको र मापदण्ड समेत पुरा नगरेकोले यि क्रसर उधोग स्वतः अवैधानिक रहेको अनुगमन समितिले जनाएको छ ।

उद्योग मापदण्ड विपरित काम गरि रहेकाले कानुनी दायरामा ल्याइने जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले बताए । २०७२ सालदेखि कुनै पनि क्रसर उद्योगहरु नवीकरणमा छैनन् उनले भने– ‘कारोबारको हिसाब किताब स्पष्ट छैन्, अधिकांश क्रसर उद्योगहरु प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार नगरी संचालनमा रहेको पाएका छौँ । उनले अनुगमन सकिएपछि नियमअनुसार प्रदेश र संघ सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिए ।

समन्वय समितिले सावर्जनिक गरेको प्रतिवेदनमा अर्जुनधारा–४ मा रहेको सयपत्री बालुवा प्रशोधन उद्योगले बालुवा प्रशोधनको अनुमति लिएको छ, तर क्रसर संचालन गरिरहेको छ । समन्वय समितिले अनुगमन गर्दा दमक नगरपालिकाको पत्रबाट ग्रामीण सडक संजाल परियोजनाका लागि निर्णय भई कंक्रिट उद्योग संचालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । जसको बालुवा प्रशोधन उद्योग स्वीकृत रहेको छ ।

अन्य काम गरिरहेका उद्योगलाई तत्काल अनुमति प्रदान गर्ने बाहेकका काम रोक्न निर्देशित गरिएको पोर्तेलले बताए । पोर्तेलका अनुसार क्रसर व्यवसायी मापदण्ड विपरित सञ्चालनमा रहेकोले नविकरण गर्न नआएका हुन् । केहि स्थानीय तहले मनपरी अनुमति दिदाँ क्रसर उधोगको क्षेत्र व्यापक विकृति बढेको उनको भनाई छ ।

प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]