जेष्ठ ४, २०८१ शुक्रबार

बिर्तामोडमा नगरस्तरीय फुटवल , वडा नं ५ विजयी

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ ।
नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार शुरु भएको प्रतियोगिताको एक समारोहका बीच प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरे । प्रतियोगिता फुलबल खेलबाट उद्घाटन भएको छ ।

स्थानीय डामोलाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सांसद कार्कीले झापा गोल्डकपको माध्यमबाट विर्तामोडले फुटबलमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै झापाकै खेलकुदको विकासमा १ नं प्रदेश सरकारले पनि सहयोग पुर्याउने बताए ।

समितिका सदस्य सचिव जय तिम्सिनाले सञ्चालन र समितिका उपाध्यक्ष केशव भण्डारीले स्वागत गरेको समारोहका विशिष्ट अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोले विर्तामोडमा खेलकुद गतिविधिलाई तीव्रता दिन नगरपालिका लागिपर्ने बताए ।

फुटबल, कराते र म्याराथनका खेलहरु सञ्चालन हुने प्रतियोगिता १५ गतेसम्म चल्नेछ । उद्घाटन समारोहमा झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले विगतमा फुबललगायतका थुप्रै खेलकुद गतिविधि हुने विर्तामोडमा केही वर्षयता त्यस्ता खेलकुद नभइरहेको अवस्थामा यो प्रतियोगिताले खेलाडीहरुलाई थप उत्साहित गर्ने बताए ।
वडा नं ५ विजयी
प्रमुख अतिथि कार्कीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर फुटबल खेलको शुभारम्भ गरिएको थियो । वडा नं ३ र वडा नं ५ बीच भएको पहिलो खेलमा वडा नं ५ ४–१ गोलअन्तरले विजयी भएको छ । म्यान अफ द म्याच निशान खड्का उक्लैले चार गोल गरेका थिए भने पराजित वडा नं ३ का विशाल हेमरमले सान्तवना गोल गरे ।

मध्यान्तरअघि १–० को स्थितिमा रहेको खेललाई मध्यान्तरपछि वडा नं ५ ले आफ्नो नियन्त्रणमा राखेको थियो । मंगलबार वडा नं ८ र ६ बीच प्रतिस्पर्धा हुने आयोजक समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । प्रतियोगितामा १० वटै वडाको सहभागिता रहेको छ ।
फुटबल प्रतियोगिताको विजेता टिमले नगद ५० हजारसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले ४० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने समितिका अध्यक्ष संग्रौलाले जानकारी दिए ।

खेलकुदअन्तर्गत जेठ १४ र १५ गते डोमालाल रंगशालामै करातेका खेल हुनेछन् भने गणतन्त्र दिवसको दिन १५ गते ५ किलोमिटर म्याराथन दौड हुनेछ । सोही दिन रंगशालामा विजेताहरुलाई पुरस्कृत गर्दै यो खेलकुदको समापन हुने समितिका सदस्य सचिव तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार  ७ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]