जेष्ठ २, २०८१ बुधबार

विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिमा जोडिन्छ : मुख्यमन्त्री राई

२३ माघ, विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विज्ञान र प्रविधिको विकासलाई प्रदेशको संमृद्धिसँग जोडेर लैजाने बताएका छन् ।

विराटनगरमा आजदेखि सुरु ‘समृद्धिका लागि एकिकृत जैविक स्रोत’ विषयक जीव बैज्ञानिकहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राखेको बताए । उनले विज्ञान र प्रविधिमा नयाँ पुस्ता निमार्णका लागि प्रदेशमा माध्यमिक विद्यालयहरुबाट सुरु गरेको जानकारी गराउँदै २९ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिसकेको बताएका छन् ।

प्रदेश सरकारले विज्ञान र प्रविधिमा आधारित उद्योगहरूको स्थापना र प्रोत्साहन गर्ने नीति प्रदेश सरकाले लिएकाले जीव विज्ञान र प्रविधिका क्षेत्रमा भएका खोज अनुसन्धानको सहयोग लिएर प्रदेश सरकार समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने बताए ।

उनले वातावरणको संरक्षण, जलवायु परिवर्तन र कार्वन संचेतीकरण जस्ता विषयमा प्रदेश सरकारले योजनावद्ध रुपमा काम गरिरहेको बताउँदै यस्ता विषयका खोज अनुसन्धान गरी सरकारलाई सहयोग गर्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रदेशमा १ मा रहेका विभिन्न ठाउँलाई जैविक विविधताका केन्द्रका रुपमा विकास गर्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै यसबाट यस क्षेत्रको पर्यटनमा समेत विसका पुग्ने जानकारी दिए । उनले देशभरबाट भेला भएका जीव बैज्ञानिकहरुलाई प्रदेश नं १ का पर्यटकीय क्षेत्रको अवलोकन गरेर मात्र फर्कन पनि आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]