बैशाख २४, २०८२ बुधबार

नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

काठमाडौँ । बुधबार नेप्से ९ अंकले बढेको छ । आज नेप्से ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा बन्द भएको छ ।

आज कुल ३२३ कम्पनीका एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब ९ करोड २८ लाख बराबरको कारोबार भएको थियो ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर, सप्तकोशी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यसैगरी आज गुराँस लघुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी एनगाडी पावरको ३२ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकास कपनिको सबै भन्दा बढी ७ लाख ६४ हजार ५१९ कित्ता शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८१ बुधबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]