बैशाख ७, २०८१ शुक्रबार

किचकबधमा धार्मिक मेला

भद्रपुर । झापाको भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलमा धार्मिक मेला शुरु भएको छ ।

प्रत्येक वर्ष माघे शुल्क पूर्णिमा अर्थात् स्वस्थानी व्रतका दिन किचकबध धार्मिक मेला लाग्ने गरेको छ । किचकबध धार्मिक मेलाको संघीय सांसद राजेन्द्र लिङदेन र प्रदेश सांसद बसन्त बानियाँले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उनीहरूले परेवा तथा बेलुनमा किचकबध धार्मिकस्थल लेखिएको ब्यानर उडाएर उद्घाटन गरेका थिए ।

महाभारतकालीन किंवदन्तीसँग जोडिएको किचकबध धार्मिक मेलामा श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको छ । किचकबध धार्मिक मेला उपसमितिका अध्यक्ष खड्ग लिम्बूको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठ, उपमेयर चन्द्रमाया श्रेष्ठ, किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २६, २०७६ आईतबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]