चैत्र १५, २०८० बिहीबार

ओरियन्समा नफसौं

सम्पादकीय –

केहिदिन अघि सार्वजनिक भएको ओरियन्स नामक नेटवर्किङको समाचारले सयौं युवालाई ठगिनबाट बचाएको छ । लोभ र प्रभावमा पारेर बेरोजगार युवा युवतीलाई भारतीय नेटवर्किङ कम्पनीले अल्मलाइरहेको छ । पछिल्लो समय लागुऔषधको दुव्र्यसन बढेजस्तै नेटवर्किङको धन्दा मौलाइरहेको छ । यसको धन्दामा परेर सयौं नेपाली युवा युवती आज अवैधानिक काममा दौडिरहेका छन् । महत्वकांक्षी सपना बाँढ्ने नेटवर्किङ धन्दाले एक जनालाई फसायो भने कयौंलाई अवश्य फसाउनेछ । जसको परिणाम दुःखत हुन्छ । कम्पनीले बन्धक नै बनाएको समाचार त सार्वनिक नै गरिसकेको छ ।

ओरियन्सको धन्दाबारे सार्वजनिक भएपछि यसमा आवद्ध ठगहरुले विभिन्न माध्यमबाट धाकधम्की पनि दिए । ओरियन्सको नेटवर्किङ धन्दा वैधानिक हो भन्दै प्रमाणित पनि गर्न खोजे । ठगहरुको धन्दा बारे कानुनी उपचार शुरु गर्न झापा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले निर्देशन नै दिइसकेकाले अब यसको कानुनी वैधता खोजीरहन जरुरी देखिदैन । पिरामिड शैलीको व्यापार विश्वमै अवैधानिक छ । यस्ता कयौं धन्दा चलाउनेहरु आज कारागारमा पश्चातापपूर्ण जीवन विताइरहेका छन् । उनीहरुको पनि यस्तै धन्दाले सबैमाथि लुट मच्चाउने योजना थियो ।

पछिल्लो समय सरकारले नै बन्द गराएको युनिटी दुनियालाई थाहा छ । यसका सञ्चालकहरु केहि फरार छन् त केहि जेल जीवन बिताइरहेका छन् । नेटवर्किङ धन्दा गर्दै आएको आयिन्स भारतीय कम्पनी हो । नेपालमा यसको कारोवार नै गर्न दिनु हुदैन । तर, नेपाली युवा युवतीलाई नै प्रयोग गरेर कम्पनी चलाइएको अवस्था छ । नेपालीलाई मुर्ख बनाएर धन्दा चलाउनेका नाइकेलाई अब खोजी गरेर राज्य पक्षले धमाधम कारवाही गर्नुपर्छ ।

सदस्यता शुल्क भारु ७ हजार लिएर शुरु गर्ने धन्दाले अरु धेरैलाई आवद्ध गराउनै पर्ने बाध्यता हुन्छ । जसका कारण पूर्व नेपाल मात्र होइन, पश्चिम नेपालमा पनि ओरियन्सले धन्दा चलाइरहेको छ । यस्तो अवैधानिक धन्दाको लोभमा परेर कोहि, कसैले पनि आफ्नो उर्जाशिल समय खेह्र नफालौं । मानव बेचविखनको जोखिम नबढाऔं ।

यो पनि हेर्नुहोस् :ओरियन्स’ को ठगी धन्दाले नेपाली किशोर–किशोरी सिलिगुडीमा बन्धक

प्रकाशित मिति : माघ २७, २०७६ सोमबार  ५ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]