चैत्र १६, २०८० शुक्रबार

शिवसताक्षीमा पशु स्वास्थ्य शिविर

धरमपुर । शिवसताक्षीमा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिका पशु सेवा शाखाको आयोजनामा एक दिने निशुल्क बृहत पशु स्वास्थ्य शिविर ३ नम्बर वडा स्थित पारावारी बजारमा सम्पन्न भएको हो ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले वृहत पशु स्वास्थ्य सेवाको शिविर आयोजना गरेको हो । शिविरमा बाख्रा, गाई, भैँसी र बंगुरको निशुल्क स्वास्थय परिक्षण गरि औषधी वितरण गरिएको शिवसताक्षी नगरपालिका पशु स्वास्थ्य शाखाका प्रमुख रामअवतार यादवले जानकारी दिए । नगर स्तरीय पशु स्वास्थ्य शिविरमा पशुको गोवर र खोपलगायतको सुविधा प्रदान गरिएको थियो । जुका, माटे, भिटामिन, घाउखटिरा, जुम्रा र उपियाँको उपचार तथा औषधि निशुल्क वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिविरमा सबै भन्दा बढि जुका, माटे, जुम्रा उपा र बाख्रालाई निमोनिया रोग देखा परेको शिविरमा खटिएका पशु चिकित्सकले बताएका छन् । शिविरमा ३ सय ५० भन्दा बढि किसानका पशुलाई उपचार गरिएको थियो ।

नगरमा किसानले पशु स्वास्थ्यको समस्या विकराल बन्नथालेको गुनासो गरेपछि पशु स्वास्थ्य शिविरको आयोजना गरिएको नगरकी उपमेयर भोजकुमारी नेपालले बताईन् । कृषी र पशुपालनलाई संगसंगै लैजान नगरले धेरै कार्यक्रम वडावडामा ल्याएको उनले बताइन् । नगरमा निःशुल्क शिविर आयोजना गर्ने, औषधि नियमित खुवाउने, महामारी तथा हैजा जस्ता रोग लागेमा नगरले तत्काल सेवा दिने उपमेयर नेपालले बताइन् ।

डाक्टर गंगाराम यादव, डाक्टर संजय ढँुगाना र पशु प्राविधिक नन्दप्रसाद सुवेदी, सन्ध्या विष्ट, विपीन भट्टराई, प्रेम पौडेल, मानवहादुर लम्जेल, तेजेन्द्र घिमिरे र समिर खड्का लगायतको टोलीले पशुको स्वास्थ्य परिक्षण गरेका थिए ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष पुन्यप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रम नगरकी उपप्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जग्गा व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण खनाल, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र दाहाल, लेखा अधिकृत भिमवहादुर खवास लगायतको सहभागीता थियो । कार्यक्रमको सहजीकरण विमल बास्कोटाले गरेका थिए । शिविरमा जिल्ला पशु सेवा कार्यालय दाङबाट नौ जना पशु स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २७, २०७६ सोमबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]