चैत्र १५, २०८० बिहीबार

अब कुनै आयोजना शून्यमा रहन सक्दैन : मन्त्री नेम्बाङ

काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शून्यमा बस्न नसक्ने बताउनु भएको छ । आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

गोष्ठिमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्बाङ्गले भन्नुभयो ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भिर बनाएको हुन सक्छ । हुनु पर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री नेम्बाङ्गले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नु भयो ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासंग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ ।’

उहाँले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गर्नुभयो ।

उहाँले सडक मर्मत संभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘केहि अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजीवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनाले यो क्षेत्र प्राथमिकतामा रहनु पर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी छ ।’

मन्त्री नेम्बाङ्गले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भिर हुन निर्देशन दिनु भयो । उहाँले भन्नु भयो ‘हामी गम्भिर बन्न जरुरी छ । हामी जबाफदेहि बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छौ । हाम्रो कामबाट मुलुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ ।’
उहाँले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नु पर्ने उल्लेखे गर्दै भन्नु भयो ‘हामीले आत्मसमिक्षा गर्नु जरुरी छ ।

मैले ध्यान दिएन भने कस्ले दिन्छ । मैले गरिन भने कस्ले गर्छ । मुल्ुक निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौ । त्यो जिम्मेवारी राज्यले दिएको छ । अधिकार दिएको छ । सुविधा दिएको छ । बजेट दिएको छ । हामीले मात्रै कार्यान्वयन गर्ने हो ।’

प्रकाशित मिति : माघ २७, २०७६ सोमबार  ५ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]