बैशाख २५, २०८१ मंगलबार

पूर्वसचिव पत्नी मुनाको पोष्टमार्टम रिपोर्ट : घाँटीमा डोरीले बाँधेको डाम

काठमाडौं, २८ माघ । पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुनाको (सोमबार) दिनदहाडै भएको हत्याले आम सर्वसाधरणलाई दुःखी मात्र बनाएको छैन, हत्या किन गरियो होला भन्ने व्यापक चासो छ ।

यसैबीच पूर्व सचिव पत्नी मुना कार्कीको पोष्टमार्टम रिपोर्ट समेत आएको छ । रिपोर्टमा उनको हत्या नै भएको देखिएको छ । पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ ।

‘पोष्टमार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ । भुइँमा टाउको बजारेको कारण मुटुमा रगत जमेको हो ।’

सोमबार बिहान ललितपुरस्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको हत्या भएको थियो । घरमा काम गर्ने विजय चौधरीले समेत आत्महत्या गरेका कारण उनैले मुनाको पनि हत्या गरेको प्रहरीको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पोष्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकाले अझै एक–दुई दिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन् । यता प्रहरीले भने कार्कीमाथि बलात्कार प्रयास भएको समेत आशंका गरेको छ ।

कामदार चौधरीले लगाएको पाइन्टमा विर्य देखिएका कारण मुनालाई हत्या गर्नुअघि बलात्कार प्रयास गरेको प्रहरीको आंशका छ । तर, यसबारे थप अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार  १२ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]